• ३० बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चौरजहारी ८ मा विद्यालय भवन उदघाटन




चौरजहारी । चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले भौतिक पूर्वाधारले अबको शैक्षिक विकासमा टेवा पुग्ने बताउनु भएको छ । चौरजहारी नगरपालिका वडा नं. ८ मा रहेको नवनिर्मित कालिका आभारभुत विद्यालयको ४ कोठे भवनको एक कार्यक्रमका बीच उद्घाटन गर्दै नगर प्रमुख शर्माले यस्तो बताउनु भएको हो ।

शिक्षा, स्वास्थ्य तथा जनताका आधारभूत आवश्यकता संग जोडिएका विषयलाई नगरले उच्च प्राथमिकतामा राखेको समेत बताउनुभयो । आधारभूत विद्यालय नै भविष्यका देशका कर्णधार जन्माउने स्थान भएकाले शैक्षिक गुणस्तर सुधार गर्न लगानी हुनुपर्नेमा उहाँले जोड दिनुभुयो । विद्यालयको शैक्षिक तथा भौतिक विकासमा नगरपालिका सधै तत्पर रहेको नगर प्रमुख शर्माको भनाई थियो। नगरले प्रविधिमा आधारित शिक्षालाई प्राथमिकता दिएको बताउदै, शिक्षक, ब्यवस्थापन समिति, अभिभावकले शैक्षिक तथा भौतिक गुणस्तरमा ध्यान दिन जरुरी भएको बताउनु भयो । शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समिति सबैको सहकार्य र ऐक्यवद्धता हुनु आवश्यक रहेको नगर प्रमुख शर्माले उल्लेख गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर के।सीले यो ऐतिहासिक दिनले यस क्षेत्रका वालवालिकाको भविष्य सुदृढ हुनेमा विश्वस्त हुन सकिने अवस्था आएको बताउनुभयो । नगरपालिकाले थालेको टिनका छानामुक्त विधालय बनाउने अभियानमा हातेमलो गर्ने सबैलाई धन्यबाद दिदै प्रमुख प्रशासकीय अधिकृत के।सि।ले विद्यालयलाई सबै पक्षको सहयोगले मात्रै परिणाममुखी काम गर्न सकिने बताउनु भयो । कार्यक्रकमा बोल्ले अधिकांस बक्ताहरुले नगरपालिकाले गरेका कामको उच्च प्रशंसा गरेका थिए ।शिक्षा प्रेमि एवम् नेपाल कम्युनिष्ट पार्टी ९माओबादी केन्द्र० का केन्द्रिय सल्लाकार सदस्य कर्ण बहादुर घर्तिले नगरपालिकालेकाले नसोचेका काम गरेको भन्दै जनताका पक्षमा धेरै राम्रो काम गरेको भन्दै प्रशंसा गर्नु भयो । यस्तै नेकपा एमालेकि नेतृ कल्लाणि खडकाले सबै सहि निति र कानुन लाई मान्दै अगाडि बढ्नु पर्ने उल्लेख गर्नु भयो । नगरपालिका जनताको हितहुने, जनताको पक्षमा ऐन, कानुन बनाएर अगाडि बढेको र सफल भएको भन्दै खडकाले नेतृत्वलाई धन्यबाद दिनु भयो । नगरपालिकाले सबै क्षेत्रमा राम्रोकाम गरेको छ अझै राम्रो गर्दै जाहोस म खुलेर प्रशंसा गर्दछु उँहाले भन्नु भयो । उपभोक्ता समिति मार्फत निर्माण गरिएको ४ कोठे भवन २३ लाख रुपैयाँमा निर्माण गरिएको हो । कार्यक्रममा नरपालिकाका जनप्रतिनिधि, बिभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजसेवी, बुद्धिजिवि, वडावासिको उल्लेख्य सहभागिता रहेको थियो ।

Facebook Comments