• ३० बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ग्रिष्मा, खुशी र दिप्सनले चुमे उपाधी




१६ श्रावण, दाङ । शनिबार घोराहीमा सम्पन्न लिटिल मिस एण्ड मिस्टर दाङको फाइनलमा ग्रिष्मा गिरीले लिटिल मिस दाङ २०२१ को उपाधी जितेकी छन् । प्रतियोगितामा सुप्रीया पोख्रेल फस्ट रनर अप र आकृति बुढा मगर सेकेन्ड रनर अप भइन् ।
जुनियर लिटिल मिसको ताज खुशी आचार्यले जितिन् । चाइल्ड आइकन अवार्ड मोनिता देवकोटाले जितिन् ।
त्यसैगरी लिटिल मिस्टर दाङ २०२१को उपाधी दिप्सन गिरीले जितेका छन् । प्रतियोगितामा सुशान्त पुन मगर फस्ट रनर अप र अयुब बुढाथोकी सेकेन्ड रनर अप भएका छन् ।
बालबालिकाहरुको सिर्जनात्मक विकासमा टेवा पुर्‍याउने उद्देश्यले पहल नेपाल र उत्सर्ग फिल्मस् नेपालले आयोजना गरेको लिटिल मिस एण्ड मिस्टर दाङको कोरियोग्राफर रिचा बुढाथोकीले गरेकी थिइन् ।
कार्यक्रम निर्देशक केएल बुढाथोकीको अध्यक्षतामा सम्पन्न फाइनल कार्यक्रममा प्रमुख अतिथि निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बलिभद्र रानाले यस कार्यक्रमले बालबालिकाहरुको क्षमता विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गर्नु भयो । त्यसैगरी विशिष्ट अतिथी दाङ जिल्ला बाणिज्य संघका सहकोषाध्यक्ष राज रानाले लिटिल मिस एण्ड मिस्टर दाङले बालबालिकाहरुलाई मंच प्रदान गरेर उनीहरुलाई प्रतिभा उजागर गर्ने अवसर दिएको चर्चा गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य केशरमान बुढाथोकी, उज्यालो बिहानी फाउन्डेसनका अध्यक्ष डा। रोदन महरा लगायतका वक्ताहरुले मन्त्यव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम उपनिर्देशक पाण्डव प्रसाद शर्माले सहजीकरण गर्नु भएको सो प्रतियोगितामा संचारकर्मीद्वय नरेन्द्र केसी र रोशनी मल्ल निर्णायक हुनुहुन्थ्यो ।

Facebook Comments