• ३ जेष्ठ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भारतीय दादागिरी विरुद्ध एक हुन विप्लव नेकपाको आग्रह




घोराही । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्लाका इञ्चार्ज सितले भारतीय साम्राज्यवादको हस्तक्षेत तथा दादागिरी विरुद्धमा सबै नेपालीहरु एकजुटका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । भारतीय एसएसबीद्धारा दार्चुलामा जयसिंह धामीको हत्याको विरोध प्रर्दशन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।


विरोध प्रर्दशनमा बोल्दै इञ्चार्ज सितले दार्चुला जिल्लाको ब्यास गाउँपालिका २ मा पर्ने मालघाटका ३५ वर्षिय नेपाली युवा जयसिंह धामी नेपालबाट तुइनमार्फत भारत जानेक्रममा भारतीय सुरक्षाकर्मी एसएसबीले तुइन खसाली धामीलाई बेपत्ता बनाएको बताए । यस प्रकारको हत्या र नेपालीमाथिको हस्तक्षेप विरुद्धमा हाम्रो पार्टीले विगतदेखिनै विरोध प्रर्दशन गर्दै आएको समेत उनले बताए । हामी नेपालीहरु स्वतन्त्र रहन पाउनुपर्ने तथा खुल्ला सिमाना भएका ठाउँहरुमा सहज रुपमा आउन जान पाउँनुपर्ने र यदि यस्तो अवस्थामा राज्यले कुनै किसिका कदम चाल्न नसके नेपाली युवा र हाम्रो नेपाल कम्युनिष्ट पार्टी चुप लागेर नबस्ने पनि उनको भनाइ छ ।
“ भारतीय साम्राज्यवादको नाङ्गो हस्तक्षेप तथा ज्याजती सहेर बस्न सक्दैनौं, उनले भने‘ बरु हामी नेपाली भूमीमा खरानी हुन चाहन्छौं, तर भारतीय ज्याजतीमा चुप लागेर बस्दैनौं ।” सबै नेपाली जनताहरु हाम्रो पार्टीको साथमा भएको हुनाले भारतीय हस्तक्षेपको विरुद्धमा सधै सडकमा उत्रन तायर भएको पनि उनले बताए । नेपाली जनतामा आघात पु¥याउने, नेपाली भूमी लुट्ने र सिमा क्षेत्रका हजौरा जग्गा मिच्ने काम भारतीय साम्राज्यवादले गरिरहेका हुँदा यसको विरुद्धमा सधैव आफूहरु अगाडि बढ्ने समेत उनले बताए । नेपाल सरकारले भारतीय साम्राज्यादको जुन प्रकारले हत्या तथा हस्तक्षेप भएको छ त्यसको उचित प्रकारले छानविन गरि हत्यारालाई कारबाही गर्न नसके यो सरकारले कुर्सी छोड्नुपर्ने र यसको फैसला नेपाली जनताले गर्ने तथा नेपालको राष्ट्रियता, स्वतन्त्रता र स्वाधिनताको रक्षा पार्टीले गर्ने बताए ।
विरोध प्रदर्शन कार्यक्रममा बोल्दै पार्टीको सहय संगठन युबा संगठन नेपालका केन्द्रिय संयोजक पाटनले वैदेशिक हस्तक्षेपको विरुद्धमा आफूहरुले विभिन्न कार्यक्रम गर्दै आएको बताए । नेपाली युवा जयसिंह धामीलले तुइन तर्ने क्रममा भारतीय एसएसवीले तुइन खसाली बेपत्ता बनाएको विरुद्धमा पार्टीले देशव्यापी रुपमा विरोध कार्यक्रम गरिरहेको उनले बताए । भारतीय साम्राज्यवादी हस्तक्षेप तथा ज्याजती विरुद्धमा अन्य संसदीय दलहरु र अन्य पार्टीका नेताहरु एक शब्द केही नबोलेको र उनीहरु साम्रावादहरुका गुलामी तथा दासहरु भएको समेत उनले बताए । नेपालका दलका नेताहरु वैदशिक शक्तिहरुको पक्षमा भएकाले राष्ट्रिय सम्बन्धिका एजेण्डाहरुका सम्झौता चुक्ने गरेका र भारतीय साम्राज्यवादको ज्याजती विरुद्धमा नेपाली युवाहरु लड्न तयार भएको र यसको नेतृत्व गर्न पार्टीले गर्ने तथा यसका विरुद्धमा हामी सबै एकजुट हुन नसके यो भन्दा अझ धेरै ज्याजतीहरु भोग्नुपर्ने उनको भनाइ छ । “राष्ट्रको पक्षमा र जनताको मुद्धाको पक्षमा बोल्दै गर्दा हामीमाथि प्रतिबन्ध लगाइयो, उनले भने ती जनता र राष्ट्रका एजेण्डाहरु सम्बोधन गर्नुपर्छ भन्दा हामीले दुई वर्षको प्रतिबन्धत झेल्यौं । त्यो बीचमा पनि हामी भारतीय साम्राज्याद विरुद्ध , जनता र राष्ट्रको एजेण्डाका बारेमा निरन्तर बोलिरह्यौं । अहिले हामी वार्ता माध्यमबाट हामी आएका छौं । ”

नेपाल कम्युनिष्ट पार्टी दाङले आयोजना गरेको हत्या विरुद्धको विरोध प्रदर्शन कार्यक्रमा दलित मुक्ती मोर्चाका केन्द्रिय उपाध्यक्ष सम्झना लगायत पार्टीका नेताकार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
भारतीय साम्राज्यवाद मुर्दावाद, हत्यारालाई कारबाही गर, नेपाल र नेपाली माथि हत्या हिंसा बन्द गर, जनमत संग्रहको निर्बाचना घोषणा गर, लिपुलेक–कालापानी हाम्रो हो, संसदीय व्यवस्था मुर्दावाद लगायतका नारा लेखेका प्लेकार्ड बोकेर विरोध प्रर्दशन गरिएको थियो ।

Facebook Comments