नेपाली कांग्रेस रोल्पाले त्रिवेणी गाउँपालिका अग्नीपीडितलाई राहत वितरण गरेको छ ।
नेपाली कांग्रेस रोल्पा–दाङ सम्पर्क समिति, रोल्पा काठमाण्डांंै सम्पर्क समितिले संकलन गरेका खाद्यान्न तथा लत्ताकपडाहरु नेका रोल्पाले त्रिवेणी गाउँपालिका २ मा पर्ने भाङोबारीमा बिहिबार एक कार्यक्रमकाबीच अग्नीपीडितहरुका परिवालाई वितरण गरेको हो ।
गत बैशाखमा वनमा आगलागी हुँदा त्रिवेणी गाउँपालिका वडा नं. २ मा पर्ने पिराले, बर्तीबाङ र भित्रेडाडाका ३७ घरगोठ जलेर नष्ट भएका थिए ।
नेपाली कांग्रेस रोल्पाले सोही ठाउँका ३७ घर परिवारका अग्नीपीडितहरुलाई प्रति परिवार एक बोरा चामल, मञ्जन, ब्रस, साबुन, कपी,कलम, स्याम्फू, सिरक ब्लान्केट तथ लत्ताकपडाहरु, चिनी, नुन, तेल, दाल, आलु, चिउरा, चिया पत्ती लगाएको राहतका सामग्री वितरण गरेको नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाका सभापति जनक पुनले जानकारी दिएका हुन् ।
नेपाली नेपाली कांग्रेस रोल्पा–दाङ सम्पर्क समितिका अध्यक्ष धनबहादुर रसाइलीको अध्यक्षता तथा नेपाली कांग्रेस रोल्पा जिल्लाका सभापति अमर पुनको प्रमुख अथिति एवं नेपाली कांग्रेसका संस्थापक नेता सुरेन्द्र हमालको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, त्रिवेणी गाउँपालिका २ नं. वडा अध्यक्ष कविराज बुढा लगाएत थुप्रै नेपाली कांग्रेसका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।