• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढीका दुर्गममा विद्युत जडान हुँदै, पोल तथा तार नछुन वडाको आग्रह




रुन्टीगढी गाउँपालिका ६ नं. वडा भित्रका बस्तीहरुमा बिजुली जडान कार्य भइरहेकाले सो क्षेत्रमा पोल तथा तारहरु नछुन वडाले सबैमा आग्रह गरेको छ । वडाभित्र पर्ने छाप, ओखरपाट, गातिना, खारा धारपानी बिजुली जडान कार्य भइरहेकाले त्यहाँका बिजुलीका पोल तथा तारहरु नछुन वडाले सबैमा आग्रह गरेको हो ।

वडाका छाप, ओखरपाटा, गातिना, खारा धारपनीमा अब छिट्टै विद्युत सुचारु हुने रुन्टीगढी गाउँपालिकाका प्रवक्ता तथा नं. ६ वडाका वडा अध्यक्ष जगत बहादुर घर्तीले बताए । अहिले सो क्षेत्रमा रहेका ट्रान्समिटरहरुमा विद्युत जोडान गरी ट्रान्समिटर चार्ज गर्ने काम भइरहेको हुँदा अरु बाँकी काम सकिने बित्तिकै विद्युत सुचारु हुने समेत उनले बताए ।

वडाभित्रका सबै क्षेत्रमा विद्युत अहिले सुचारु नहुने तर विद्युतको क्षमताले धानेसम्म बोरिबाङसम्म विद्युत सुचारु हुने र बाँकी अरु ठाउँका लागि कार्यक्रम स्वीकृत भइसकेको र मेन तथा सहायक लाइनका पोलहरु यसै वर्षको जोडो याममा काम अगाडि बढ्ने उनको भनाइ छ ।

वडाले ढिलो चाडो सबै बस्तीहरुमा विद्युत पु¥याउने उद्देश्यलका अगाडि बढेको छ । विद्युत सम्बन्धिका सम्पूर्ण कार्यहरु योजनाबद्ध तरिकाले भइरहेको र त्यसमा ठेकेदारको केही ढिलासुस्तीका कारण भनेको समयमा विद्युत जडान गर्न नसकिएको वडा कार्यालयले बताएको छ ।

अहिले वडाका छाप, ओखरपाट, तातिना, खारा धारपानीमा विद्युत जडान कार्य भइरहेकाले सो क्षेत्रमा विद्युतका पोल तथा तार छुने, झुण्डिने जस्ता कुनै क्रियाकलाप नगर्न जानकारी दिएको र यदि कोही कसैले सो क्रियाकलाप गरी दुर्घटना भएमा सम्बन्धित निकाय जवाफदेही नहुने पनि वडा कार्यालयले बताएको हो ।
विद्युतको तारहरु टाँगेको लामो समयपछि विद्युत सुचारु हुनेभएपछि स्थानीयबासीहरु खुशी भएका छन् ।

Facebook Comments