• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्राकृतिक दोहनबिरुद्ध जुटे गाउँले: मुरुल्ले लेकमा उत्खनन् गर्न नदिइने




जंगबहादुर रेउले
हरेक पहाडहरुको आ–आफ्नै पहिचान बोकेका हुन्छन् । आफ्नै प्राकृति सौन्दर्यले भरिपूर्ण रहेका थुप्रै चुचुरा, टापु, पहाड र लेकहरु छन् । तर, रोल्पाको रुन्टीगढी गाउँपालिकाको ६ नं. वडामा रहेको मुरुल्ले लेक नितान्त फरक पहिचान बोकेको छ । पर्यटकको आकर्षक कन्दे्रको रुपमा रहेको मुरुल्ले लेक रमनिय वातावरण रहेको छ ।

होलेरी बजारदेखि ३.५ किलोमिटरको दुरीको हिडाइमा पुगिने यो मुरुल्ले लेक समुन्द्र सतहदेखि करिब २१०८ मिटरको उचाईमा रहेको छ । जहाँ कठैकाठको मन्दिर निर्माण गरिएको छ । मुरुल्ले लेक धार्मिक तथा पर्यटकीय स्थलका लागि एक उपयुक्त, सुन्दर र रमनिय ठाउँ भएको र यसलाई थप संरक्षण तथा सम्बद्र्धन गरी उत्कृष्ट पर्यटकीय स्थल बनाउने कार्य पनि निरन्तर अगाडि बढीरहेको छ । पर्यटन क्षेत्रलाई आर्कषित बनाउदै लगेमा आन्तरिक तथा वाह्य पर्यटकहरु भित्र्याइ आर्थिक लाभ लिन सकिने प्रशस्त संभावना रहका छन् ।

मौसम सझा भएको बेलामा मुरुल्ले लेकबाट छिमिकी जिल्लाहरु सहित भारतका विभिन्न ठाउँहरु सहजै देख्न सकिन्छ । यहाँबाट पर्यटकहरुले पुर्वदेखि पश्चिमसम्मका थुप्रै हिमश्रृङखलाहरु प्रत्यक्ष देख्न सकिने र धार्मिक सहित पर्यटनसँग जोडिएको मुरुल्ले लेकमा काठैकाठको मन्दिर निर्माणमा रुन्टीगढी गाउँपालिकाको आर्थिक सहयोग तथा स्थानीयबासीहरुको सहयोग श्रमदान रहेको छ । यि÷यस्ता पर्यटकीय क्षेत्रलाई व्यवस्थापन, संरक्षण र सम्बद्र्धन गर्नु सबैको जिम्मेवारी हो ।

पर्यटन क्षेत्रको एक महत्वपूर्ण अंगको रुपमा रहेको मुरुल्ले लेकमा शुभम खनिज उद्योगलाई खानी उत्खनन् गर्न नदिने स्थानीयबासीहरुले बताएका । खानी सञ्चालनमा आए पर्यटकीय क्षेत्रसँगै खाराका सम्पूर्ण घरहरु जोखिममा रहने स्थानीयबासीहरुले बताए । खानी उत्खनन् गर्दा बातावरण प्रदूषित हुने, खानेपानीको अभाव हुने, प्राकृतिक सौन्र्दयता खलबलिने लगाएका समस्याहरु आइपर्ने स्थानीयबासीहरुको भनाई छ ।

रोल्पाको रुन्टीगढी गाउँपालिका ६ मा रहेको खारा महिला सामुदायिक वन उपभोक्ता समितिले शुभम खनिज उद्योगलाई मुरुल्ले लेकमा खानी उत्खनन् गर्न नदिने भएको छ । हिजो अर्थात् सोमबार सामुदायिक वनका अध्यक्ष अमृता घर्तीको अध्यक्षतामा बसेको बैठकले स्थानीयबासीहरुको असहमति विपरित शुभम खनिज उद्योगलाई खानी उत्खनन् गर्न वनका केही पदाधिकारीहरुले सहमति दिएको निष्कर्ष निकाल्दै खानीलाई उत्खनन् गर्न नदिने भएको हो । बैठकले गरेका निर्णयहरुका प्रतिलिपिहरु वडा कार्यालय, गाउँपालिका वन कार्यालय र खनिज सिमेन्ट उद्योगमा पठाइने भएको छ ।

मुरुल्ले लेक बचाउ अभियानका सदस्य नारायण लामिछानेले शुभम खनिज उद्योगले खानी उत्खनन्को अनुमति नै नपाएको बताए । खाराका तीनवटा सामुदायिक वनका सिफारीसमा खानी सञ्चालनमा ल्याएको र सो कार्य अनुमति विपरित भएको भन्दै मुरुल्ले लेक बचाउ संघर्ष समितिले खानी विभागमा मुद्धा दर्ता गर्दा उत्खनन् तीन वर्षका लागि रोकिएको बताए ।

मुरुल्ले देखि तीन सय मिटर दक्षिण र दुई सय मिटर पूर्वपश्चिममा खानीको क्षेत्र भएको हुदाँ त्यो क्षेत्रमा खानी उत्खनन् भए सिंगो खाराका बासिन्दा जोखिममा पर्ने र सम्पूर्ण रुपले वातावरण असन्तुलन भई निकट भविष्यमै थुप्रै समस्याहरु आइपर्ने हुनाले खानी कुनै पनि हालतमा सञ्चालन गर्न नदिने उनको भनाई छ । खारा महिला सामुदायिक वन उपभोक्ता समिति, मुरुल्ले काफलधारा सामुदायिक वन र हारिनेभिर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षहरुले आम उपभोक्ताहरुको मर्म र भावना विपरित आफ्नो अनुकूलतामा खानी उत्खनन्का लागि सिफारीस दिएको र कुनैपनि हालतमा खानी उत्खनन् गर्न नदिने तर, यदि खानी उत्खनन् गर्ने हो भने पुरै खाराका बासीन्दाहरुलाई स्थानान्तर गर्नुपुर्ने स्थानीयहरुको माग रहेको समेत उनले बताए ।

मुरुल्ले काफधारा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रेमबहादुर थापाले वनको बैठकमा भएका निर्णयहरुलाई नै शुभम खनिज उद्योगसँग सम्झौता गरेको बताए । सामुदायिक वनले केही माग गरेको र उद्योगले माग पुरा गरिदिने तथा नेपाल सरकारको मापदण्द अनुसार चुन ढुङ्गा उत्खनन् गर्न दिने सम्झौता अनुरुपनै आफूहरुले अगाडि बढेको समेत उनले बताए ।

सामुदायिक वनले माग गरेअनुसार उद्योगले विद्यालयका शिक्षकका लागि वार्षि चार लाख ५० हजार तथा वन हेरालुका लागि वार्षिक दुई लाख ५० हजार दिएकोे र केही मागहरु अझै सञ्चालनमा नआएको उनको भनाई छ ।

रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले खानी दर्तादेखि लिएर खान्न दिने नदिने लगाएतका अधिकार स्थानीय सकारलाई नभएको बताए । यो खानी सम्बन्धी सम्पूर्ण अधिकार संघीय सरकार तथा खानी विभागलाई रहेको समेत उनले बताए । कानून भन्दा माथि कोही नरहेको र चुन ढुङ्गा उत्खनन् गर्दा प्रभावित हुने क्षेत्रका स्थानीयबासीहरुलाई संरक्षण तथा व्यवस्थापन गरी विधि, प्रक्रिया पुरा गरेर आएमा पालिकाले सिफारीस दिने उनको भनाई छ ।

Facebook Comments