• ६ माघ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
युवा क्लबद्धारा ४७ घरधुरीलाई निःशुल्क खाना पकाउने ग्याँस विवरण




रोल्पाको रुन्टीगढी गाउँपालिका ६ मा पर्ने जनजागृति समाज सुधार युवा क्लबले गोठीवनमा ४७ घरधुरीलाई निःशुल्क खाना पकाउने ग्याँस विवरण गरेको छ । क्लबले मंगलबार आफ्नै भवनमा एक कार्यक्रमकाबीच ४७ घरधुरीका परिवारलाई निःशुल्क खाना पकाउने ग्याँस वितरण गरेको हो ।

क्लबले करिब तीन लाखको लगानीमा ४७ थान राप्ती ग्याँस खरिद गरी एक घर एक खाना पकाउने ग्याँस वितरण गरेको हो । ग्याँस वितरण कार्यक्रममा प्रत्येक घरका २÷३ जना व्यक्तिको उपस्थिति भएको र स्थानीयहरु क्लबले राम्रो कागम गरेकोमा खुशी व्यक्त गर्दै रमाईलो नाचगान समेत गरेका थिए ।

यो क्लब २०६३ सालमा स्थापना भएतापनि विभिन्न कारणले गर्दा विस्थापित भएको र २०७३ सालमा फेरी पुनर्गठन भई निरन्तर समाज परिवर्तन गर्नमा लागि परेको क्लबका सचिब सुर्यप्रकाश राम्जालीले बताए । क्लबले २०७४ सालमा करिब चार लाखमा आफ्नै २ कोठ निर्माण गरेको समेत उनले बताए ।

क्बल निरन्तर समाजमा सुधार लाग्ने क्रममा समाजमा चाहिने विभिन्न प्रकारका भाडाकुडा, टेन्ट हाउसको व्यवस्था गरेको र समाजमा धुवाँरहित सुधारीएको चुलो निर्माण तथा समाज भएका घरधुरीका परिवारलाई खाना पकाउनमा थप सरल र सहज होस् भनि ४७ घरधुरीका परिवारलाई निःशुल्क खाना पकाउने ग्याँस वितरण गरेको समेत उनको भनाई छ ।

जनजागृति समाज सुधार युवा क्लबका अध्यक्ष बिक्रम थापाको अध्यक्षता एवं बालविकास प्राविका पूर्व अध्यक्ष छत्रप्रकाश रेउलेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा स्थानीयबासीहरुको बाक्लो उपस्थिति रहेको थियोे । क्लबका कोषाध्यक्ष कमल बस्नेतको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण क्लबका सचिव सूर्यप्रकाश राम्जालीले गरेको हुन् ।

Facebook Comments