• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
छन्द संगमको ६० औं श्रृंखला




राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले नियमित रूपमा संचालन गर्दै अाईरहेकाे छन्द संगम कार्यक्रम सम्पन्न गरेका छ ।

परिषद् दाङ शाखाकाे अायाेजनामा ६०अाैँ शृङ्खला अन्तर्गत छन्द संगम कार्यक्रम सम्पन्न गरेकाे हाे ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवं राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरूषाेत्तम खनालकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न गरिएकाे हाे ।

परिषद् दाङ शाखाका काेषाध्यक्ष यम रेग्मीकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रममा छन्द सम्बन्धि रचनाहरू वाचन गरिएकाे थियाे ।

कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष एवं प्रमुख अतिथि पुरूषाेत्तम खनाल, दाङ शाखाका निवर्तमान अध्यक्ष एवं वर्तमान सल्लाहकार कमलमणि देवकोटा, सल्लाहकार नगेन्द्रकुमार अाचार्य (नगेन्द्र गुरु), साहित्यकारहरू डा. हिमलाल पन्थी, यम रेग्मी, बिना राेका, श्रवण नेपाली लगायतले रचना वाचन गर्नुका साथै अाफ्ना भनाइ राख्नु भएकाे थियाे भने अध्यक्ष दीपक शर्मा समीरले सहभागी सबैलाई धन्यवाद ब्यक्त गर्दै अाफ्नाे मन्तब्य सहित कार्यक्रम समापन गर्नु भएकाे थियाे ।

Facebook Comments