• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
न्यायाधीश आचार्यको एघारौं पुस्तक सार्वजनिक




उच्च अदालत जनकपुर राजविराज इजलाशका मुख्य न्यायाधीश एवं लेखक डिल्लीराज आचार्यको एघारौं पुस्तक ‘सम्झनाको आँखीझ्यालबाट’ सार्वजनिक गरिएको छ । शनिवार घोराहीमा कार्यक्रम गरी पुस्तक सार्वजनिक गरिएको हो । लेखक आचार्यले कुनै औपचारिक कार्यक्रमविना सहभागीलाई वितरण गरेर नयाँपनका साथ पुस्तक सार्वजनिक गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष एवं लेखक सुशील गौतमले पुस्तक समीक्षा गर्नुभएको थियो । कार्यक्रममा बरिष्ठ पत्रकार एवं साहित्यकार नारायणप्रसाद शर्मा, बरिष्ठ समालोचक डा. अमर गिरी, बरिष्ठ साहित्यकार गिरिराज शर्मा, नयाँ युगबोध दैनिकका सम्पादक लक्ष्मी आचार्यलगायतले शुभकामना दिनुभएको थियो ।

लेखक आचार्यले निवृत्त भएपछि नियमित स्तम्भ लेखनमा जोडिने प्रतिबद्धता व्यक्त गर्दै हरेक बर्ष एउटा पुस्तक प्रकाशन गर्ने वाचा पनि गर्नुभयो । सार्वजनिक गरिएको पुस्तकमा २५ वटा रचना रहेका छन् । लेखक आचार्यले सबै सहभागीलाई वितरण गरेर पुस्तक सार्वजनिक गर्नुभएको थियो ।

पुस्तक सार्वजनिक कार्यक्रममा सहभागी आफ्ना गुरुहरु नारायणप्रसाद शर्मा र गिरिराज शर्मालाई न्यायाधीश आचार्यले गुरु पूर्णिमाको अवसरमा सम्मान गर्नुभएको थियो भने गुरुहरुले पनि उहाँलाई जन्मदिनको शुभकामना दिनुभएको थियो । कार्यक्रम सञ्चालन दाङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुसालले गर्नुभएको थियो ।

Facebook Comments