• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बोगटीस्मृति प्रतिष्ठानको जमीनमा तारबार र बृक्षारोपण




पोष्टबहादुर स्मृति प्रतिष्ठान दाङ शाखाले घोराही उपमहानगरपालिका १७ स्थित आफ्नो जमीनमा तारबार र बृक्षारोपण गरेको छ ।

प्रतिष्ठान केन्द्रीय समितिको सहयोगमा झण्डै पाँच लाखको लगानीमा तारबार गरेर जमीन संरक्षण गरिएको छ ।

सो स्थानमा पोष्टबहादुर स्मृति बोगटीस्मृति आवासीय प्रशिक्षण तथा सभाहल बनाउने योजना रहेको प्रतिष्ठान दाङ शाखा अध्यक्ष नरबहादुर अधिकारीले जानकारी दिनुभयो ।

माओवादी आन्दोलनका क्रममा दाङलाई केन्द्र बनाएर पश्चिम नेपालको नेतृत्व गर्नुभएका बोगटीको सम्मान गर्दै उहाँको स्मृतिमा नयाँ पुस्तालाई स्वअध्ययन र सैद्धान्तिक ज्ञानमा अगाडि बढाउन आवासीय प्रशिक्षणको अवधारणासहित सभाहल निर्माण गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठान दाङ शाखाले शनिवार बृक्षारोपण गरेको छ । तारबार घेराको बाहिरी घेरामा कपुर र टिक प्रजातिको विरुवा रोपिएको छ ।

प्रतिष्ठानका केन्द्रीय सदस्य निर्मल आचार्य, जिल्ला शाखाका पदाधिकारी तथा सदस्य, वडा अध्यक्ष खुशीराम चौधरी र स्थानीय आरएस टोल विकास संस्थाको सहभागितामा बृक्षारोपण गरिएको थियो ।

प्रतिष्ठानले यो बर्षको बोगटीस्मृति दिवस पनि सोही स्थानमा मनाउने प्रतिष्ठानका जिल्ला सचिव नरेन्द्र केसीले जानकारी दिनुभयो ।

Facebook Comments