• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बर्षाले बाटोको बेहाल




राजन न्यौपाने
घोराही उपमहानगरपालिका वडा नम्बर १० सौडिकुलाबाट अम्राइ हुँदै ठाँटीगाउँबाट वडा नम्बर १२ जोडने सडक बर्षाले पूर्ण रुपमा क्षत विक्षत बनाएको छ ।

पानीले गर्दा बाटोमा राखिएको ह्युमपाइप बगाएको छ ।

बाटोको अवस्थाका बारेमा वडा कार्यालयलाई जानकारी गराउँदा वडा कार्यालयका जनप्रतिनिधिहरुले कुनै सुनुवाई नगरेका स्थानीयबासीले गुनासो गरेका छन् ।

उपमहानगरपालिकालाई यसका बारेमा जानकारी गराइएको तर सम्बोधन नभएको स्थानीयको गुनासो छ ।

सडकको बीचमा चिरा पर्दा आवागमन पूर्ण रुपमा बन्द भएको छ । सामान्य साइकलसम्म हिड्दैनन् ।

यसले स्थानीयबासीलाई निकै समस्या परेको छ ।

Facebook Comments