• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संयुक्त सरकार सञ्चालनमा भुल्नै नहुने सवालहरु




विश्वराज आचार्य
हामी कम्युनिस्टहरु द्वन्द्वात्मक भौतिकवादी हौं । एकको दुई मा बिभाजन र बिपरितबीचको एकत्व भन्ने गर्दछौं । नेपालीको आफ्नै भनाइ पनि छ एक सिक्काको दुई पाटा, सँगै सेते लात्ता लाग्छ। बुढा पाकाको भनाइ सुन्दा जति आनन्द आउँछ, त्यत्ति नै दार्शनिक पनि । सुन्दा अत्यन्तै सरल लाग्ने कुरा जीवनमा लागु गर्न फेरि उत्ति नै गाह्रो ।

मैले यो प्रसंग वर्तमान सरकार गठबन्धनमा माओवादीको सहभगितासँग जोड्न खोजेको छु । हामी द्वन्द्ववादी भए पनि वस्तुको दुबै पाटोलाई एकै पाटो केलाउन सकेका छैनौं । नेकपा गठन, परिचालनमा हाम्रो तर्फको कमजोरी पनि यही हो ।

यो बिसयमा धेरै चर्चा अहिले गर्दा राम्रो हुदैन तर यति चाहि भन्नुपर्छ कि केपी देख्दा माधब नेपाल पनि देखेको र माधब देख्दा केपी पनि देखेको भए सयद २५, ३०, र ४० प्रतिशतको समीकरण बन्ने थियो । त्यसो हुदा के हुन्थ्यो समीक्षा गर्न पाइएछ भने संस्थागतरुपमै गरौंला नपाएसमय आनुकूल हुदा यसरी नै गरौला।

अब आजको समीकरणको कुरा गरौं । विश्वास हुँदासम्म शंकै नगर्ने र शंका पैदा भएपछि बिस्वास त परै जाओस दुश्मनीमै बदलिने वातावरण बन्न हुदैन । नेपाली कांग्रेससँगको गठबन्धनले पार्ने भ्रम छिटो र भयंकर हुन सक्छ। त्यो नेपाली कांग्रेसको हकमा पनि लागु हुन्छ। आफूले राम्रो गर्न नसकेकाहरु अब जनतामा जालझेल गरेर भ्रम छर्ने रणनीतिमा छन् ।

यो एक हप्तामा मिलेमतोमा अदालत परिचालन, संबिधान मिचेरै मन्त्रिमण्डल विस्तार, एमसीसी परियोजना, अध्यक्ष प्रचण्डको सुरक्षा ब्यबस्था, भूमिआयोग लगायत कपोलकल्पित बिषय उठाएका प्रतिपक्षीहरु अब यस्तैयस्तै भ्रम जाल बुन्दै जनतामा जाने पक्का । त्यसैले शुरुबाटै सम्बन्धलाई द्वन्द्वात्मक भौतिकवादी नजरले हेरौं । सँगै सुत्दा लात्ता लाग्ने कुरालाई आत्मसात गर्दै यो डेढ बर्ष देशको विकास, विधिको बिकास र कांग्रेसका कतिपय नेताले भनेझै सत्ता के रै छ र कसरी चलाउनुपर्दोरहेछ भनेर सरकार संचालन गरौं ।

साच्चै आत्मैदेखि भन्ने हो भने शान्ति प्रक्रियापछि गिरिजाप्रसाद कोइराला राष्ट्रपति र अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएर अघि बढेको भए शान्ति प्रकृया पूरा गर्ने र नयाँ नेपालको जग बसाल्ने काम सहज अघि बढ्ने थियो । त्यसबाट शिक्षा लिदै यो १७ महिनालाइ देशको महत्वपुर्ण समय साबित गरौं । गठबन्धनका सबै नेताहरु गम्भीर बन्न जरुरी छ ।
(लेखक नेकपा माओवादी केन्द्रका युवा नेता हुनुहुन्छ)

Facebook Comments