• ६ माघ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चौरजहारीमा रोजगार कार्यक्रमबाट १ हजार ५२ रोजगारी




डिल्लीबहादुर खत्री/चौरजहारी
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रोजगार कार्यक्रमबाट १ बर्षमा १ हजार बढीले रोजगार पाएका हुन् ।

प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट आर्थिक बर्ष २०७७/०७८ मा १ हजार ५२ जना रोजगार भएका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ५ सय ३२ जना र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट ५ सय २० जना रोजगारी भएकोे बताइएको छ । नगरपालिकाका रोजगार संयोजक कृष्ण शर्माका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममा १ जनाले १ सय दिन बराबर काम गर्छन् भने मुख्यमन्त्री रोजगार कार्यक्रममा बजेट अनुसार काम गर्छन् ।

उनका अनुसार प्रधानमन्त्री रोजगारमा ५ सय १७ प्रति दिन ज्याला पाउछन् भने मुख्यमन्त्री रोजगारमा ६ सय ८५ प्रति दिन ज्याला पाउछन् । रोजगार कार्यक्रममा पुर्वाधार सम्बन्धि काम गर्छन् रोजगार संयोजक शर्माले भने गाउँमा बेरोजगार भएर बसिरहेकालाई केही दिन भए पनि रोजगार दिन्छ ।

Facebook Comments