• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
फूलबारी सामुदायिक बनमा ६ सय टिम्मुरको बिरुवा रोपियो




ओखरपाटा । रोल्पाको रुन्टीगढी गाउँपालिका ६ मा पर्ने फूलबारी महिला सामुदायिक बनमा ६ सय टिम्मुरको बिरुवा रोपिएको छ । बनलाई उत्पादन कार्यमा जोड्ने उदेश्यका साथ सोमबार ६ सय टिम्मुरको बिरुवा सामुदायिक बनमा रोपिएको हो ।

फूलबारी महिला सामुदायिक बन उपभोक्ता समूहका कार्यसमिति तथा बनका उपभोक्ताहरुको उपस्थितिमा सामुदायिक बनको विभिन्न क्षेत्रमा टिम्मुरको बिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक बन क्षेत्रका खाली जमिनलाई उपभोग गर्ने तथा बनलाई पनि आर्थिक उपार्जनमा जोड्ने दृढ संकल्पलाई अगाडि बढाउदै ६ सय टिम्मुरको बिरुवा बनमा रोपिएको हो ।

अहिले रोपेको टिम्मुरको बिरुवा अबको ३/४ बर्षदेखी नै फल दिन सुरु गर्ने भएकाले आर्थिकमा केही राहत हुने भएपछि उपभोक्ताहरु खुशी भएका छन् ।
बनलाई कुनै न कुनै आयआर्जनको रुपमा जोड्न र प्रयोगमा ल्याउनका लागि महत्त्वपूर्ण भूमिका उपभोक्ताहरुमा भएको हुनाले बन संरक्षण तथा ब्यबस्थापनको पाटोमा उपभोक्ताहरुनै अग्रसर हुनुपर्ने फूलबारी महिला सामुदायिक बन उपभोक्ता समूहका कोषाध्यक्ष कमल बोहराले बताए ।

बनमा पहिलो पटक ६ सय टिम्मुरको बिरुवा रोपिएको हुनाले यसको संरक्षण र ब्यबस्थापन राम्रोसँग गर्नुपर्ने उनले बताए । टिमुर नेपालमा पाइने एक किसिमको फल भएको र मीठो स्वाद र बासना हुने टिमुर लोकप्रिय नेपाली मसलाको रूपमा परिचित भएको पनि उनको भनाई छ ।

Facebook Comments