• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तीन बुँदे सहमति कार्यान्वायनको माग गर्दै विप्लव नेकपाको प्रदर्शन




नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कार्यालय सदस्य निर्मलले सरकारले आफ्नो पार्टीसंग गरेको तीन बुदे सहमति अक्षरंस कार्यान्वयन नगरे ठूलो मूल्य चुकाउनुपर्ने उद्घोष गरेका छन।

उनले पार्टी निकट अखिल(क्रान्तिकारी) दाङले जिल्लाको हापुरेमा आयोजना गरेको सरकार र नेपाल कम्युनिस्ट पार्टी विच भएको तीन वुदे सहमति कार्यान्वयनका लागि दवावमुलक प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उक्त उद्घोष गरेका हुन।

नेपाल कम्युनिस्ट पार्टी शान्तिनगर-दंगिशरण गाउपालिकाका इन्चार्ज समेत रहेका नेता निर्मलले वार्ताद्वारा प्रचण्ड-बाबुरामलाइ आत्मसमर्पण गराएजस्तो नसोच्न चेतावनी दिए।उनले भने,”आत्मसमर्पण गराउने,नेपाल र नेपाली जनतालाइ धोका दिने धोकापुर्ण सम्झौता गर्ने कुचेस्टा नगर्न आग्रह गर्छु”।

इन्चार्ज निर्मलले बैज्ञानिक समाजवाद कि दलाल पुजीवादी संसदीय व्यवस्था भन्ने विसयमा जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाइ दिनुनै लोकतन्त्रको उच्चतम प्रयोग भएको धारणा राखे।उनले बैज्ञानिक समाजवाद पक्षधरहरुले अत्याधिक जनमत प्राप्त गर्ने बिस्वास व्यक्त गरे।बैज्ञानिक समाजवाद विरोधी एमाले,माओवादी केन्द्र,नेपाली कांग्रेस,सेना,प्रहरी,रास्ट्रवादी कोहि पनि नभएको भन्दै इन्चार्ज निर्मलले बैज्ञानिक समाजवाद जनताको व्यवस्था भएको उद्घोष गरे। उनले भने,”बैज्ञानिक समाजवादी राज्यव्यवस्थाले जनताको गाँस,बास,कपास,शिक्षा,स्वास्थ्य,रोजगारको पुर्ण ग्यारेन्टी गर्छ”।

दबाबमुलक प्रदर्शन कार्यक्रमलाइ सम्बोधन गर्दै अर्का वक्ता अखिल(क्रान्तिकारी) राप्ती व्युरो संयोजक दिपकले पार्टीसंग सरकारले गरेका तीन बुदे सहमति अक्षरंस पालना गर्न जोडदार माग गरे।पार्टीलाई निस्तेज पार्न,युद्धमा धकेल्न केपि सरकारले प्रतिबन्ध लागाएको तर पार्टीले सचेततापुर्वक शान्तिपूर्ण ढंगले आफ्ना कार्यक्रम अघि बढाएको उल्लेख गरे।उनले देशमा द्वन्द ,अर्को जनयुद्धको आवश्यकता नभएको तर राजनीतिक क्रान्ती पूरा गर्न एकीकृत जनक्रान्ति निरन्तर अगाडि बढाइरहने धारणा व्यक्त गरे।जनतामा गरेका बाचा पूरा गर्न नसकेपछि,आफ्ना गल्ती कमजोरीहरुलाइ ढाकछोप गर्न आफुहरुलाइ प्रतिबन्ध लगाएको संयोजक दिपकको भनाइ थियो ।संयोजक दिपकले तीन बुदे सहमती कार्यान्वयन गर्न र नेता-कार्यकर्ता माथी लगाइएका झुठा मुद्दा अबिलम्ब खारेज गर्न माग गरे।

दबाबमुलक बिरोध प्रदर्शन कार्यक्रमको सहजीकरण अखिल(क्रान्तिकारी) दाङका अध्यक्ष अमरले गरेका थिए।

Facebook Comments