• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उज्यालो नेपालका कमाण्डर शर्मा अर्थमन्त्रालयको यात्रामा (संक्षिप्त जीवन यात्रासहित)




इतिहास हेर्दा कुनैबेला सामन्त, सूतखोरहरुको आर्थिक, राजनैतिक घेराबन्दीमा कैद भएका जिल्लाहरु मध्ये रुकुम र रोल्पा पनि पर्दछन् । पिछडिएका यी जिल्लाहरुबाट क्रान्तिको झिल्को पैदा भयो । नेपाली क्रान्तिको केन्द्रविन्दु बनेका रुकुम र रोल्पाले त्यहाँका युवाहरुलाई पनि राजनैतिक मार्गमा डो¥यायो ।

रुकुमपश्चिमको मुसीकोट नगरपालिका ५ सेरीगाउँका सोझासाझा एवं मिलनसार ब्यक्ति थिए– इश्कन्द शर्मा । स्कन्द र नर्मदा शर्माका ६ सन्तानहरु जन्मिए । जसमा जनार्दन शर्मा (प्रभाकर), उपेन्द्र शर्मा, केदार शर्मा, विजय शर्मा, नारायणी शर्मा र अनिल शर्मा ।

२०२० सालमा जन्मिएका जेठा छोरा जनार्दन शर्मा अहिले प्रभाकर भनेर चिनिन्छन् । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य शर्मा जनमुक्ति सेनाका डेपुटी कमाण्डर, नेपाल सरकारका शान्ति तथा पुननिर्माण मन्त्री, उर्जामन्त्री र गृहमन्त्री भइसक्नुभएको छ । उहाँको जिम्मा अब देशको आर्थिक कार्यभार प्राप्त भएको छ ।

उहाँ सानो छदा घरको उत्पादनले परिवारलाई खान पुग्दैन्थ्यो । सानैदेखि घरको काममा सघाउनु, गोठबाट स्थानीय बजारसम्म दुध बेच्ने काम गर्नु उहाँको दैनिकी थियो । गाईवस्तु पाल्ने र घास, दाउरा गर्ने काम आमाले मात्र गर्नुपर्ने भएकोले सानैदेखि खाना पकाउने, भाई–बहिनीको हेरविचार गर्ने काम पनि गर्नुहुन्थ्यो ।

त्रिभूवन जनता माध्यामिक विद्यालयबाट जेनतेन एसएलसी पास गर्नुभयो । आफ्नो पढाइलाई बढाउने क्रममा एमए।म्मको अध्ययन त्रिभु्वन विश्वविद्यालयबाट गर्दागर्दै उहाँ भूमिगत हुनुभयो ।

उहाँका उनका बुबा स्कन्द शर्मा रुकुम जिल्लामा २०२२ सालमा कम्युनिष्ट पार्टी स्थापना गर्ने मध्येका एक हुनुहुन्थ्यो । रुकुम जिल्लामा औपचारिकरुपमा कम्युनिष्ट पार्टीको पहिलो सदस्यता प्राप्त गर्ने अवसर पनि स्कन्दले पाउनुभएको थियो, उहाँलाई तत्कालीन कम्युनिष्ट नेता बासुदेव गौतमले सदस्यता प्रदान गर्नुभएको थियो ।

घरमा असल स्वभावका मान्छेहरु आउने, जाने, बैठक गर्ने गरेको हेर्दाहेदै कम्युनिष्ट बाटोमा जनार्दन शर्मा कम्युनिष्ट बन्नुभयो। उनका सबै भाई–बहिनीहरु नेकपा माओवादी केन्द्रमा आबद्ध हुनुहुन्छ । प्रायः उहाँहरु सबै जनयुद्धकालमा भूमिगत नै हुनुभयो । माइला भाई उपेन्द्र शर्मा जनपक्षीय पत्रकार हुनहुुनछ भने कान्छी बहिनी नारायणी ‘प्रतिक्षा’ पार्टी केन्द्रीय सदस्य हुनुहुन्छ । कान्छा भाई उपत्यकामा सक्रिय युवा नेता हुनुहुन्छ । जेठी बहिनी केदार शिक्षण तथा माइली विजया पनि राजनीतिमै आवद्ध हुनुहुन्छ ।

बुबा स्कन्द शर्माको मृत्यु भएको खबर पहिलो संकटकाल लागेको समयमा दुई महिना पछि मात्र प्रभाकरले थाहा पाउनुभयो । आमा नर्मदाको मृत्यु भने २०४९ सालमा नै भइसकेको थियो ।

कसैले अन्याय गरेमा त्यसका विरुद्ध संघर्ष गर्ने प्रभाकरको बानी सानैदेखि थियो । स्कूलमा स्थानीय सामन्तका सन्तानहरुले हेप्ने गरेको र उनले तिनको प्रतिवाद गरेको कुरा नै संघर्षको पहिलो अभ्यास बन्यो उहाँका लागि उहाँले सानो अवस्थामा नै कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेपछि कम्युनिष्ट अनुशासनमा बाँधिन पुग्नुभयो ।

२०३६ सालको जनमतसंग्रहमा बहुदलको पक्षमा प्रचार गर्दै पहिलो भोट हाल्न पाएको कुरामा उहाँ दंग परेको सुनाउनुहुन्छ । २०३६ को विद्यार्थी आन्दोलनले उहाँ पढ्ने विद्यालयलाई समेत प्रभावित पा¥यो र पहिलो पटक विभिन्न मागराखी हड्ताल भयो । त्यसको नेतृत्व थाहा नै नपाई उहाँको काँधमा आएको थियो ।

उमेर र उचाई सानो भए पनि वाक कला र निर्भिकताको परिणतीले उहाँले आन्दोलनको नेतृत्व गर्नुभयो । त्यहाँका का सामन्तहरुसँग उहाँको टक्कर परेको थियो ।

जनार्दन शर्माले २०३८ सालमा एसएलसीपास गर्नुभयो । जागिर खाने इच्छा नभए पनि घरको बाध्यता र प्रशासनिक निगरानीबाट बच्न जेटिए भई ५ वर्ष काम गर्नुभयो । सो अवस्थामा पनि पार्टीको जिम्मेवारी पदमा रहेर जिल्लामा पार्टी विस्तारको काममा उहाँ लागिरहनुभयो ।

तरकारी विऊ उत्पादन केन्द्रमा जागिर गर्दा उहाँले त्यहाँ काम गर्ने मजदूर संगठन बनाएर ज्यालाबृद्धिको संघर्षको लागि समेत मजदूरलाई सघाउने गर्नुभएको थियो । नौ वटा अफिसहरुमध्ये धेरैले उहाँलाई सर्तकतापूर्वक हेर्ने गरेका थिए । कतिपयले कम्युनिष्ट हो भनेर गोप्य रिपोर्ट मन्त्रालयमा पठाउने पनि गरेका थिए ।

हेमन्तप्रकाश ओली, लोकेन्द्र विष्ट, यज्ञश्वर शर्मा, दौलतराम घर्ती, पूर्ण घर्तीसँगै उहाँ सो टिममार्फत संगठन विस्तारमा सशक्त रुपले अगाडि बढ्नुभयो ।

२०३६÷३७ को संघर्षको नेतृत्व गर्नेदेखि २०४३ सालमा वर्ग संघर्षका केही अभ्यासहरु पनि उहाँले गर्नुभयो । यो टिमले केही गुरिल्ला कार्वाहीहरु पनि गरेको थियो । यो टिममा दौलत घर्तीको नेतृव्मा ११ जना गुरिल्ला रहेका थिए । हुकाम मैकोटमा चलेको संघर्षलाई अगाडि बढाउन त्यहाँ पार्टी संगठन विस्तार गर्न समेत उहाँ लाग्नुभयो । थबाङमा एको २०३८ सालको सैनिक अप्रेशनले संगठन विस्तार गर्न सकारात्मक रुपले मद्दत गरेको उहाँ स्मरण सुनाउनुहुन्छ ।

पञ्चायतको पछिल्लो अवधिमा उहाँले विभिन्न बहाना र झुट्टा मुद्दा समेत लगाई पटकपटक गिरफ्तार भएर मानसिक तथा शारीरिक यातना प्रहरी हिरासतमा भोग्नुभयो । पार्टीका तत्कालीन महामन्त्री प्रचण्डससँग पहिलो भेट २०४२ कम्युनिष्ट आन्दोलनका पहिलो सहिद कामीबुढाको गाउँ हिलमा भएको थियो । जनमोर्चाबाट सांसद हुनु भएका खड्गबहादुर बुढाको घरमा प्रशिक्षण कार्यक्रममा भएको थियो ।

२०४६ सालमा नेकपा मशालको पहिलो राष्ट्रिय सम्मेलन हुँदा यो थाहा भयो अहिलेका प्रचण्ड त्यतिबेला विश्वास नामले स्थापित हुनुहुन्थ्यो । बादल र किरण विश्वासका मुख्य सहयोगी थिए, जो हाल फरक पार्टीमा छन् । पहिलो भेटमै प्रचण्डबाट प्रभावित भएका प्रभाकरको तत्कालीन नाम एटम थियो ।

२०४६ सालको जनआन्दोलनमा कम्युनिष्ट भनेर उहाँलाई जिल्लामा वारेन्ट जारी गरेको थियो । उहाँविरामी भएपछि उपचारको लागि काठमाडौं जानुभयो । २०४६ को जनआन्दोलनमा कीर्तिपुरको सशक्त आन्दोलनमा उहाँ सहभागी हुनुभयो ।

उहाँले २०४६ सालको आन्दोलनकै बीचमा फागुन ३० गते लक्ष्मी शर्मासँग विवाह गर्नुभयो । २०४६ सालको आन्दोलन लगत्तै दाङ, सल्यानका विभिन्न ठाउँमा कार्यक्रम गर्दै जुलुससहित उहाँ रुकुम पुग्नुभयो । रुकुममा २०४६ सालको आन्दोलनलाई लोकेन्द्र, पूर्ण, यज्ञश्वर, दौलत, गोप्यश्वर, केदार, उपेन्द्र शर्माहरुले आन्दोलन भावकारी रुपमा संचालन गरेका थिए । यज्ञश्वर र उपेन्द्र शर्मा थुनामै थिए । प्रभाकर र लोकेन्द्र विष्टको नेतृत्वमा जिल्लामा आमजनतालाई संगठित गर्दै पञ्च र सामन्तहरु विरुद्ध संघर्षमा अगाडि बढ्यो ।

२०४७ साल जेठ १ गते ‘भेषे’लाई फासि दे भन्ने नाटकको अभिनय गर्नुकोसाथै रगतको बदला रगतले नलिए के क्रान्ति आउने, के शान्ति छाउने, गरिब जनताको भन्ने जनवादी संगीतकार खुशीराम पाख्रीनको गीतमा बन्दुक लिएर नाचे बापत बहुदलीय कालको पहिलो राज्य विरुद्ध अपराध मुद्दा लागेको थियो बताउनु हुन्छ । सेनाको कमाण्डो फोर्स परिचालन गरी प्रभाकर, उनका भाई उपेन्द्र शर्मा र पहल पुनलाई लगायतलाई गिरफ्तार गरी मुद्दा चलाइएको थियो । त्यतिबेला सदरमुकाम कब्जा गरेको आरोप लागेको थियो ।

आफ्नो राजनैतिक यात्रामा २०४८ को पहिलो आम निर्वाचनमा रुकुमको २ बाट प्रत्यासी भएका शर्माको २०५० सालमा दाङ सरुवा भयो । दाङ जिल्लामा सेक्रेटरी भएर उहाँले ५ वर्ष काम गर्नुभयो । थारु समुदायलाई संगठन विस्तार गर्न थारुवान मुक्तिमोर्चा स्थापना गर्दै जनयुद्धको थालनीसँगै दाङ्गलाई राप्तीको आधार बनाउने उद्देश्य सहित दाङ्ग, प्यूठान र सल्यानको संयुक्त जिल्ला कमिटीको डिसिएस भई सल्यान र प्यूठानमा समेत संगठन विस्तार गर्न सफल हुनुभयो । छापामार दलहरु बनाएर पश्चिम नेपालको पहिलो र सफल झिम्पे रेडका योजनाकारका साथै कार्वाहीको नेतृत्वमा प्रत्यक्ष सहभागी भएका प्रभाकरले पासाङलाई यो रेडमा कमाण्डको जिम्मेवारी दिई फौजी कमाण्डरको रुपमा परिचित गराउन समेत भूमिका निर्वाह गर्नुभयो ।

्लगत्तै दाङको झेल्लेटा कार्वाहीको योजना पनि बनाउनुभयो । कविराम केसी ‘विवेक’ (हाल सहिद)को राजनीतिक नेतृत्वमा राजेशको स्क्वाडलाई खटाएर कार्वाही सफल गर्नुभयो । २०५५\०५६ मा उहाँ २ नम्बर प्लाटूनको राजनैतिक कमिसार, पासाङ्ग १ नं र भक्तबहादुर शाह ३ नम्बर प्लाटूनको कमिसार भएर लडनुभएको थियो ।

२०५७ सालमा सेती–महाकालीमा क्रान्तिको विस्तार गर्न जिम्मा पाएको शर्माले प्रारम्भिकस्तरमा सेना निर्माण गरेर डिभिजनसम्म पु¥याउने नेतृत्व गर्नुभयो । सेतीमहाकालीको इञ्चार्ज र सैन्य कमिसारको भूमिका एकैसाथ उहाँले निर्वाह गर्नुभएको थियो । सेतीमहाकालीमा लेखराज भट्ट, पम्फा भुसाल, हेमन्तप्रकाश ओली र जयराज भट्टससँग राम्रो सहकार्य गर्दै उहाँले सेतीमहाकाली राष्ट्रिय मुक्तिमोर्चाको स्थापना पनि गनुृभयो ।

२०५४ को शुरुमै कैलालीमा किसान संघर्षलाई उत्कर्षमा पु¥याउनुकासाथै दमनका विरुद्ध प्रतिरोधका रुपमा लालबोझी कार्वाहीका एकीकृत अभियानहरु संचालन गरेर ठूलो उभार पैदा गर्न सफल भएका शर्माले अर्घाखाँची, जुम्ला कार्वाहीमा वटालियनको राजनैतिक नेतृत्व गर्न पुग्नुभयो । फेरि सेती–महाकाली ब्यूरो इञ्चार्ज भएर दुई वर्ष पश्चात् डिभिजन कमाण्डर भएर सेती–महाकाली र कर्णालीको फौजी कमाण्डको उहाँले नेतृत्व गर्नुभयो ।

पश्चिम नेपाललाई आधारइलाकामा बदल्न राजनैतिक र फौजी अभियानको समायोजन र प्रत्यक्ष कमाण्ड गदै प्रभाकरले पश्चिमलाई माओवादी जनयुद्धको एउटा किल्लाकै रुपमा खडा गर्न नेतृत्व गर्नुभयो । महाकालीदेखि कुसुमसम्मको राजमार्गलाई कब्जा र जाजरकोटदेखि अछाम, बझाङ, बाजुरा, बैतडी, डडेल्धुराका घनिभूत कार्वाहीहरुमा मुख्य कमाण्ड प्रभाकरकै रहेको थियो । विविध, जित, बहुवर, प्रहार, विशाल, जीवन जस्ता फिल्ड कमाण्ड गर्ने सक्षम कमाण्डरहरुको साथले उहाँ पश्चिम नेपालको सफल जनमुक्ति कमाण्डर बन्नुभयो ।

प्रत्याक्रमणको दोश्रो योजनामा डेपुटी कमाण्डको हैसियतले चारवटा डिभिजनको कमाण्ड गर्ने अवसर पाएको प्रभाकरले ढाडमा टेकेर टाउकोमा हान्ने युद्ध योजनाको कमाण्ड गर्दै गण्डकमा हजारौ शाहीसेनाका घेराबन्दीहरु विफल पार्दै पाल्पा, सुनवल, बुटवल, तौलिहवा र तीनगिरे जस्ता ठूला–ठूला आक्रमणको योजना र कमाण्ड गरेर जनमुक्ति सेनाको फिल्ड कमाण्डको रुपमा समेत आफूलाई परिचित गर्न सफल हुनुभयो । सो अभियानमा प्रतिक, प्रज्ज्वल, शरद, रश्मी, र विवेक, दिपक, प्रतिक्षा, जीवन जस्ता कमाण्डरहरुको उहाँले साथ पाउनुभएको थियो । उहाँले शक्ति बस्नेत, महेन्त ओलीलगायतको सहयोगमा गण्डक अभियान अघि बढाउनुभएको थियो ।

शान्ति प्रक्रियापछि शान्ति मन्त्रालयको जिम्मेवारी लिएर पुननिर्माणमा ऐतिहासिक भूमिका निर्वाह गरेका शर्माले उर्जामन्त्री हुँदा नेपाललाई लोडसेडिङमुक्त बनाएर नयाँ ‘उज्यालो नेपालका कमाण्डर’को रुपमा स्थापित हुनुभयो । रुकुमबाट २०६४, २०७० र २०७४ मा निर्वाचित शर्माको अब अर्थमन्त्रालयको यात्रा कस्तो हुन्छ, नयाँ परीक्षा शुरु भएको छ ।

Facebook Comments