• ३० बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
महङ्गी र कालोबजारीविरुद्ध विप्लव नेकपाको प्रदर्शन




हेमन्त वली:असार – नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत तुलसीपुर नगर इन्चार्ज विकाशले यहि व्यवस्थामा कोहि प्रधानमन्त्री बन्दैमा दिप नबाल्न आग्रह गरे।

पार्टी निकट अखिल(क्रान्तिकारी) दाङले आयोजना गरेको महंगी र कालोबजारीका विरुद्धको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसो बताएका हुन।

इन्चार्ज विकाशले संसदीय व्यवस्था असफल सिद्ध भइसकेको बताउदै देश र जनताको मुक्तिका लागि बैज्ञानिक समाजवादी राज्यव्यवस्था नै निर्विकल्प भएको धारणा व्यक्त गरे।यो मरिसकेको व्यवस्थामा जो कोहि प्रधानमन्त्री बनेपनी दिप किन बाल्नुहुन्छ?उनले प्रश्न गरे।बैज्ञानिक समाजवादका विरुद्ध प्रतिक्रियावादीहरुले गम्भीर षड्यन्त्रको तयारिमा रहेको उनको जिकिर थियो।

विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अर्का वक्ता अखिल(क्रान्तिकारी) राप्ती व्युरो संयोजक दिपकले भ्रष्टाचार,कमिसन,दलाली,अनियमितता,कृतिम अभाव,हत्या,हिंसा,वलात्कार,अपहरण,गुन्डागर्दी वाहेक जनताले अरु केही प्राप्त गर्न नसकेको तितो यथार्थ सुनाउन बाध्य भएको बताए।उनले सबैखाले मुल्यवृद्धी,कालोबजारीको अन्त्यको माग गरे।एक फरक प्रसंगमा संयोजक दिपकले सत्ता निकट संगठनहरु कोहि प्रधानमन्त्री बन्दा दिप प्रज्वलन गर्ने,कोहि प्रधानमन्त्रीमा बाट हट्दा टायर बाल्नेहरु बिच तात्विक भिन्नता नभएको जिकिर गरे।जनताका मुद्दाहरुमा सत्तासिन संगठनहरु किन सडकमा आउदैनन?उनले प्रश्न गरे।उनले आफुहरु प्रतिबन्ध,जेल,हिरासत सबै पीडा भोगेर आएको र जनताको जिवनमा संसदीय व्यवस्थाले लादेको पिडाको तुलानामा आफ्ना पिडाहरु सामान्य रहेको धारणा राखे।उनले मासु र रक्सिले निर्धारण गर्ने चुनाव खारेज गरि अबिलम्ब प्रगतिशील संयुक्त सरकार गठन गरि जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाइ दिन जोडदार माग गरे।उनले खाने तेल,पेट्रोलियम पदार्थ लागाएत अत्यावश्यक वस्तुमा जनताको ढाड सेक्ने गरि गरिएको मुल्यवृद्धी खारेज गर्न र किसानहरुलाई मल,विउको सहज आपूर्ति नगरे आफुहरु देशव्यापी कडा संघर्ष गर्न वाध्य हुने उद्घोष गरे।

विरोध प्रदर्शन कार्यक्रमको सहजीकरण अखिल(क्रान्तिकारी) दाङका अध्यक्ष अमर खड्काले गरेका थिए।बिरोध प्रदर्शनमा खाद्य सम्प्रभुताको ज्ञारेन्टी गर,बैज्ञानिक मूल्य निर्धारण गर,वजारमा कृतिम अभाव सिर्जना गर्नेलाइ कार्वाही गर,शैक्षिक माफियाहरु मुर्दावाद जस्ता प्लेकार्डहरु प्रदर्शन गरिएको थियो।

Facebook Comments