• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानको विज्ञप्तिमा पन्तको आपत्तिः सरोकार समिति सक्रिय छ




नागरिक दाङका निवर्तमान संयोजक एवं दाङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष चन्द्रराज पन्तले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रतिष्ठान सरोकार समितिको वैधतामा प्रश्न उठाउँदै जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाउनुभएको छ । साथै उहाँले यसप्रकारको विज्ञप्तिलाई बेमौसमी बाजा पनि भन्नुभएको छ ।

दाङ उद्योग वाणिज्य संघले नेतृत्व गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समितिलाई प्रतिष्ठानले नचिन्ने भन्दै केही दिनअघि मात्रै विज्ञप्ति जारी गरेको थियो । प्रतिष्ठान स्थापनामा भूमिका निर्वाह गर्दै सरोकार समितिको पनि संस्थापक रहेका पन्तले प्रतिष्ठानको भ्रमपूर्ण विज्ञप्तिको बिरोध गर्नुभएको छ ।
सााजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उहाँले भन्नुभएको छ– ‘‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रेस विज्ञप्तिमार्फत जनस्तरबाट गठित सरोकार समिति आधिकारिक होइन भन्ने जो उल्लेख छ, यसबाट के स्पष्ट हुन्छ भने प्रतिष्ठान नै भ्रममा रहेछ ।’

सरोकार समिति भनेकै सरोकार राख्ने, समन्वय गर्ने, कमीकमजोरीलाई नियाल्ने साथै वाचडगको भूमिकामा रहने जनस्तरको संस्था भएको उहाँले बताउनुभएको छ । ‘सरोकार समितिले कहिले पनि आधिकारिकताको इच्छा नै राखेको छैन भने सरोकार समिति खुला किताब सरह नै छ’– पन्तले भन्नुभएको छ– ‘तर सरोकार समितिको नामबाट पत्राचार गर्ने तर अहिले आएर समितिबारे जानकारी नै छैन भन्ने जस्ता भ्रमपूर्ण प्रेस विज्ञप्ती बेमौसमी बाजा हो।’

साविक राप्तीका पाँचै जिल्ला विरामीको उपचार केन्द्र घोराही दाङ अवस्थित तत्कालीन १५ सैयाको महेन्द्र अस्पताल दाङमा निकै चाप हुन थालेपछि २०६३ सालमा दाङ जिल्ला उद्योग बाणिज्य संघको पहलमा अस्पतालको स्तर बृद्धि साथै भौतिक संरचना निर्माणको आवश्यकताका लागि सर्वदलीय सर्वपक्षीय भेलाको आयोजनामा सरोकार समिति गठन गरिएको पनि पन्तले स्पष्ट गर्नुभएको छ । उद्योग बाणिज्य संघका तत्कालीन अध्यक्ष पन्तले लगातार तीन बर्षसमम पटकपटक मन्त्रालय धाउने, नेताहरूसँग भेटघाट गर्ने आदि पहलकै कारण राप्ती उपक्षेत्रीय अस्पतालको दर्जा प्राप्त हुनुको साथै सशस्त्र प्रहरी गुल्मको जग्गा समेत हस्पिटलको नाममा लाल पूर्जा प्राप्त गर्न सरोकार समिति सफल भएको स्मरण गराउनुभएको छ ।

‘तत्पश्चात समितिका केही साथीहरु निस्कृय रहे भने केही नयाँ अनुहारको सकृयता रह्यो, त्यसबीचमा बजेट बृद्धि, दरवन्दी,अस्पताललाई चाहिने औषधि उपकरण आदिहरूमा पहल भई नै रह्यो। राजनेतालाई गुहार्ने, दवाव दिने कार्य निरन्तर रह्यो’– पन्तले प्रतिष्ठानको इतिहास सम्झाउँदै भन्नुभएको छ ।

सरोकार समितिको निरन्तरको पहल, बौद्धिक वर्ग, समाजसेवी पार्टीका नेताहरु लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको सहयोगमा उपक्षेत्रीय अस्पतालबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रूपान्तरण गर्न सफल भएको स्मरण गराउँदै उहाँले भन्नुभएको छ– ‘तर, राप्ती उपक्षेत्रीय अस्पतालका कर्ताधर्ता हामी नै सबै हौ भन्नेले प्रतिष्ठानलाई अधिकार हस्तान्तरण नगरेको हुँदा वृहत भेलाले पुन सरोकार समिति क्रियाशील भई पटकपटक राजधानी धाएपछि मात्र प्रतिष्ठानका पदाधिकारीहरूले अधिकार प्राप्त गरेको सर्वविदितै छ । यस विचारमा प्रदेश, रसंघीय सरकारले प्रतिष्ठानप्रति सौतेलो व्यवहार गरि नै रहेको हो तर पनि सरोकार समितिको सक्रियताले गर्दा न्यून रुपमै भए पनि सरकारी सहयोग कछुवाको तालमा नै छ । विगत १५ महिनादेखि कोरोना कहरको भयावह अवस्थामा पनि सरोकार समितिले आफ्नो दायित्व सक्रियताका साथ निर्वाह गरि नै रहेको छ, सरोकार समितिको नेतृत्व दाङ जिल्ला उद्योग वाणिज्य संघ नेतृत्वदायी भूमिकामै छ।’

यसअघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले १३ सदस्यीय सल्लाहकार समिति घोषणा गर्दै दाङ उद्योग वाणिज्य संघलाई सदस्यमा राखेको घोषणा गरेको थियो । सरोकार समितिको संयोजक समेत रहेको संस्थालाई सोही हैसियतको संस्थाको सदस्य राख्नु नैतिक हिसाबले सही नहुने निष्कर्षसहित दाङ जिल्ला उद्योग वाणिज्य संघले समितिमा नरहने घोषणा गरेको थियो । सो घोषणापछि प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै सरोकार समिति सक्रिय नरहेको दाबी गरेपछि सरोकार समितिका संस्थापक रहेका पन्तले यसको बिरोध गर्दै सरोकार समिति यथावत रहेको बताउनुभएको हो ।
यो पनि पढ्नुहोस्–

स्वास्थ्य विज्ञान प्रतिष्ठानको सल्लाहकारमा बस्न उद्योग बाणिज्य संघद्वारा अस्वीकार

Facebook Comments