• ३० बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
केसीद्वारा नेपाल बाल संघ संगठन दाङमा पदाधिकारी मनोनयन




नेपाल बाल संघ संगठन दाङमा पदाधिकारी मनोनय गरिएको छ ।

गत फागुन २६ गते भएको जिल्लासभाको अधिबेशनले सभापतिमा विनोद केसि र सदस्यहरुमा विकास चौधरी, सुशिला शर्मा, भारती गौतम, भिम बहादुर बस्नेत, बिन्तिराम चौधरी, हुम्कान्त कंडेल र हरिनारायण चौधरीलाई निर्वाचित गरेको थियो । त्यसै अधिबेशनपछि संघसंगठनको बिधानअनुसार सभापतिले उपसभापति एक, सचिव एक, कोषाध्यक्ष एक र सदस्यमा दुई जना २ जना मनोनयन गरिएको हो ।

जसमा उपसभापति भीमबहादुर बस्नेत, सचिवमा विकास चौधरी, कोषाध्यक्षमआ सुशीला शर्मा र सदस्यहरुमा गोपाल नेपाली तथा अभिषेक बुरा मगर रहनुभएको छ । उहाँहरुलाई सभापति केसीले मनोनय गर्नुभएको छ ।

नेपाल बाल संघसंगठन दाङको बैठकमा सो कुराको जानकारी सभापति विनोद केसिले जानकारी गराउनुर्भको थियो ।

बैठकले बाल संघसंगठनको नाममा रहेको भौतिक र नगद सम्पत्ति हस्तान्तरण गर्न पुरानो कार्यसमितिलाई अनुरोध गर्ने र बैंक खाता परिवर्तन गर्ने, नियमित बैठक प्रत्यक महिनाको १० गते बस्ने, संघसंगठनको भौतिक तथा नगत सम्पत्ति खोज्नको लागि सबै सरोकारवालाहरुसङ समन्वय गर्न सभापति विनोद केसि र सचिब विकास चौधरीलाई जिम्मा दिने निर्णय गरेको छ ।

बैठक सभापति केसीको अध्यक्षतामा भएको थियो ।

Facebook Comments