• ३० बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नायक आयानले सगुनसंग बाँधे जोडी




दाङ, २८ असार । नायक एवं तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी आयान बज्राचार्य चितवनकी सगुन गिरीसंग असार २३ गते विवाह बन्धनमा बाँधिएका छन् । दाङ निवासी नायक बज्राचार्य स्व. सानुकाजी बज्राचार्य र स्व. दिलमाया बज्राचार्यका माइला सुपुत्र हुन् भने चितवन निवासी सगुन गोपाल गिरी र यामकुमारी गिरीकी जेष्ठ सुपुत्री हुन् । उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।

नायक आयनले इतिहास, कालापानी, एकता, यस्तो पनि हुन्छ र माया ? परीक्षा लगायत एक दर्जन चलचित्र र करीब आधा दर्जन म्यूजिक भिडियोमा अभिनय गरेका छन् । तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका नायक आयानले राष्ट्रिय स्वर्णपदक जितेका छन् । जेसिस उत्कृष्ट युवा अवार्ड लगायत थुप्रै पुरस्कार र सम्मान प्राप्त गरेका नायक आयन एउटा नयाँ प्रोजेक्टको तयारीमा छन् ।

Facebook Comments