• २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
च्याउ खेतीमा रमाउदै रुजिबहादुर बुढा




हिक्मत पर्तेल/ तकसेरा – रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँपालिका १२ गोल्खाडामा व्यवसायीक च्याउ खेती शुरु गरिएको छ । स्थानीय रुजिबहादुर बुढाले व्यवसायीक च्याउ खेती थालनी गर्नुभएको हो ।

आफ्नो अमूल्य पसिना गाउँ बगाउनु सके खाडीको कमाई जति गाउँमै कमाउन सकिन्छ भनी युवाहरुलाई प्रेरणा दिन बुदेसकालमा भए पनि व्यवसायीक च्याउ खेती गरिएको बुढाले बताउनुभयो । उहाँका अनुसार छोराको केहि अनुभवलाई लिएर गरिएको च्याउ खेतीले आम्दानी पनि राम्रो दिएको छ ।

सुरुवाती चरणमा त बजार पाउदैनकी भन्ने डर थियो तर पछि माग धान्नै गारो भएको बुढाले बताउनुभयो । विगत ६ महिना देखि गरिदै आएको व्यवसायीक च्याउ खेतीबाट प्रति सिजन २६/२७ हजार आम्दानी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो विउ लगाएको १ देखि २ महिना भित्रमा च्याउ खानालाई तयार हुन्छ यसैलाई १ सिजन मानिन्छ ।

यस्तै तरिकाले ठूलो मात्रामा व्यवसायीक च्याउ खेती गर्नसके राम्रो आम्दानी गर्न सकिने बुढाको अनुमान रहेको छ । बर्खायाममा जङगली च्याउ प्रसस्त मात्रामा पाइने भएकाले गाउँमा खासै बिक्री नहुने र नजिकका बजारसम्म पुर्याउन बर्खायाममा यातायातको सुविधा नभएकोले बर्खायाममा भरी आम्दानी शुन्य रहेको बुढाको गुनासो रहेको छ ।

Facebook Comments