• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अनुगमनको प्रतिफल: घोराहीमा तोरी तेलको मूल्य घट्यो




गोविन्द खड्का – घोराही, २६ असार – घोराहीमा तोरीको तेलको मुल्य आजैदेखि लागुहुनेगरी खुद्रामा प्रतिलिटर तिन सय ३५ रुपैयाँ कायम गरीएको छ । यसैगरी पाँच लिटर वा सो भन्दा माथिको थोक विक्री मुल्य तिन सय ३० रुपैयाँ निर्धारण भएको छ । त्यस भन्दा बढि मुल्यमा तोरीको तेल विक्रि वितरण गर्न नपाइएने भएको छ ।

यस अघि खुद्रामा तिन सय ५० र थोकमा तिन सय ४० रुपैयाँ प्रतिलिटर तोरीको तेल विक्री हुँदै आएको थियो । दाङ जिल्ला उद्योग वाणिज्य संघ अन्तर्गतको मिल व्यवसायी समितिको शनिवार बसेको बैठकले मुल्य समायोजन गरेको समितिका अध्यक्ष सशीधर वलीले जानकारी दिनुभयो । यसअघि समितिले फोनका भरमा आधिकारीक निर्णय नगरेरै मुल्य बढाएको थियो ।

लकडाउन अघि दुई सय ६० देखि ० प्रतिलिटर विक्री हुँदै आएको तोरीको तेल महंगिएको थियो । लकडाउन खुकुलो भए संगै दुईपटक मूल्य बढेको भन्दै उपभोक्ताले असन्तुष्टि जनाएका थिए । व्यापक जनगुणासो आएको भन्दै घोराही उपमहागनर पालिकाका उपभोक्ता हित संरक्षण शाखा प्रमुख श्रीधर अधिकारीको नेतृत्वमा गत १ गते घोराही १४ का केहि तेल मिल अनुगमन गरीएको थियो । त्यसवेला मुल्य बढाउनुका पुष्ट्याई दिनु भनेर लिखित निर्देशन दिएको थियो ।

लकडाउन भयो मुल्य बढ्यो भन्ने गलत अर्थ लागेको व्यवसायीले बताएका थिए । वैठकमा सहभागि उद्योगीहरुले एक क्वीन्टल तोरीको मूल्य ११ बाट १४ हजार पुगेको, त्यसको तेल ३५ देखि ४० लिटर आउने गरेकोले मूल्य बढाएको स्पष्टिकरण दिएका थिए । अहिलेको मुल्यमा बिक्रि गर्न नपाए व्यवसाय सञ्चालनै गर्न नसकिने अवस्था रहेको दावि गरे । उनिहरुले बढेको मुल्यबाट मुश्किलले १५ रुपैयाँ सम्म नाफा खानपाएको पुष्ट्यिाँ दिएका थिए ।

टाट पल्टेर मिल बन्दै गर्नुपर्ने अवस्था आए त्यसका बारेमा छलफल गर्ने तर अहिलेको मुल्यकायम राख्न नहुने शाखा प्रमुख अधिकारीले अडान लिनुभएको थियो । उहाँले उद्योगीहरुलाई मनाउन धेरै पटक अनुरोध गर्नुभयो । निकै नरम शैलिमा प्रस्तुत प्रमुख अधिकारीले अनेक शब्द र उदाहरणले फकाउनुभएको थियो । जनगुणासो व्यापक भएकाले सम्वोधन गरीदिन दाङ जिल्ला उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेलले आग्रह गर्नुभएको थियो ।

कमाई र सेवा दुवै एकसाथ चलाएको भन्दै व्यवसायीले निष्कर्षमा नाफा नखाएर तोरिको तेल बेच्न सहमति जनाउनुभएको थियो । उहाँहरुले वताए अनुसार उहिले दुई तिन सय लिटर तेल विक्री हुन्थ्यो । अहिले मुश्कीलले १५÷ २० लिटर विक्रि हुन्छ । शुद्ध दंगाली तोरी पाइदैन बाहिर बाट आएको मिसावट वाला छ त्यसबाट सोचे जति तेल आउँदैन । मिल चलाउने डाभरलाई तलव दिनै नपुग्ने अवस्थामा छ । खली वेचेको पैसाले बत्तिपानीको विल भुक्तानी गर्न धौ छ लगाएतका मिलका समस्या राख्नुभएको थियो । मिलको संख्या घट्दै गरेको बताउनुभयो ।

केहि व्यवसायीले ईज्जत प्रतिष्ठा एवं पहिचान मेटिन नदिन वाद्यताले तेल मिल सञ्चालनमा ल्याएको बताए । कसैले पनि तेल छानेर नबेचेको उनिहरुको भनाई छ । उहाँहरुका अनुसार थोरै मात्रामा विक्रि हुनेभएकाले छान्न ल्याएको प्रविधि पनि त्यसै थन्केको छ । उपभोक्ताले भाँडोमा तेल संङलिएपछि लैजान्छन् । व्यवसायले सामान्य खर्चवर्च मात्रै धानेको छ । मूल्य घटाएपछि सिधै घाटामा जान्छ लगाएतका समस्या राखेका थिए । अन्तमा कोरोना महामारीको विषम परिस्थितिमा बाँचौ र बचाउँको निति लागु गरौ भन्दै मुल्य घटाउन एक मत भए । नयाँ मुल्य कायम गरे ।

Facebook Comments