• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा पाउरोटीजन्य वस्तुको मूल्य ३५ रुपैयाँ




गोविन्द खड्का – घोराही, २६ असार – घोराहीमा पाउरोटीजन्य वस्तुको मुल्य प्रति प्याकेट ३५ रुपैयाँ कायम गरीएको छ । पाउरोटी व्यवसायी एशोसियसनका अध्यक्ष असोककुमार श्रेष्ठको अध्यक्षतामा शनिवार बसेको बैठकले आइतवार देखि लागुहुनेगरी नयाँ मुल्य कायम गरेको हो । यस अघि खस्ता तथा पाउरोटिको मुल्य ५० रुपैयाँ बनाइएको थियो ।

घर घरमा जानुपर्ने र सेल्स म्यानलाई कोरोना संक्रमणको जोखिम बढिहुने भन्दै एशोसियसनले बैशाख १२ गते नै उद्योग बन्द गर्ने निर्णय गरेको थियो । लगतै १७ गते देखि लकडाउन घोषणा गरियो । तर, व्यवसायीले गरेको निर्णय पुर्णरुपमा कार्यान्वयन आउन सकेको थिएन ।

हप्तामा दुईदिन बजार खुल्ने गरी भएको कडा लकडाउनमै केहि उद्योगले उत्पादन शुरु गरेका थिए । कतिले दैनिक बजार खुलेपछि मात्रै उद्योग सञ्चालनमा ल्याए । एक थरीले पाउरोटी र खस्ताको साईज बढाए र मुल्य दोब्बर बनाए । पाँच रुपैयाँ पर्ने एउटा खस्ता पाउरोटि १० पुग्यो । त्यसमा टेष्ट फरक आउने र गुणस्तरीय भएको दावि गरे । अर्कोथरीले सानै निकाले ।

लकडाउन पछि मुल्य बढ्यो । सरकारले वास्ता गरेन भनेर अनेकौ उपभोक्ताले टिप्पनी र गुणासा व्यक्त गरे । चिया पसलमा एउटा पाउरोटि १५ रुपैयाँमा आफुलेपनि खाएको घोराही उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखा प्रमुख श्रीधर अधिकारी बताउनुभयो । उहाँका अनुसार मूल्यमा विकृति आयो । किन यत्रो मुल्य भनेर सोध्दा बढेको थाह पाउनु भा छैन र भनि उल्टो प्रश्न गरे । यसै विषयमा व्यापक जनगुणासो आएपछि सम्वोधन गर्न बैठक बसेको थियो ।

मैदाको मुल्य घटेको, तेलको मुल्य पनि न्युन हुँदै गरेको बेलामा बढाउँदा समाजमा गलत अर्थ लागेको दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पोख्रेलको भनाई थियो । वैठकका प्रमुख अतिथि पोख्रेलले कोरोना महामारिको वातावरण सुध्रिएपछि पुनः छलफल गर्नेगरी साईज घटाउन आग्रह गर्नुभयो । घिउ र डिजल बढेकाले घटाउन नसकिने व्यवसायीले बताए । दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव एवं कोशेली वेकरीका सञ्चालक नरशेकुमार श्रेष्ठले ठुलो सानो दुवै खाले निकाल्ने र मुल्य फरक राख्ने धारणा राख्नुभएको थियो ।

सबैतिर ठुलो पाउरोटि उत्पादन हुन थालेको दृष्टान्त व्यवसायीले प्रस्तुत गरेपनि त्यसैमा अडान लिएनन् । उद्योगपतिले मुल्य तोक्ने अधिकार हुन्छ भन्दै संघका सदस्य विकास वलीले तर्क गर्नुभएको थियो । तर, उद्योगहरु सरकारले तोकेको मापदण्ड अनुसार चलेका छन छैनन् भनि गरीएको पश्नमा स्पष्ट जवाफ दिन सकेनन् । खस्ता पाउरोटिको म्याद कति हुन्छ ? उद्योग दर्ता गर्दा कुन साइज कति तौल भनेर लेखिएको छ जस्ता पश्नको जवाफ पनि थिएन । निकै लामो छलफलपछि अहिलेलाई लकडाउन अघिकै साइजमा खस्ता पाउरोटि निकाल्ने सहमति भयो । सबै उद्योगले एकरुपता कायम गर्दै आइतवार देखि लागु गर्ने निर्णय गरीयो ।

Facebook Comments