• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बलियो जनसम्बन्धसहितको सुदृढ पार्टी निर्माणमा जुटौं




विश्वराज आचार्य

नेकपा मशाल नामले चिनिने बेला मेरो पार्टी भन्ने थाहा पाएको हुँ । आजसम्म करिब सातवटा नामले मैले मेरो पार्टी सम्बोधन गरिसकेको छु । व्यक्तिगत जीवनका धेरै उतारचढावसँगै जेल नेल बेपत्ता जीवीन बिताउदै आजसम्म आएको छु । आजसम्म नेताहरुको इच्छामा आफ्नो इच्छा हुदा या नहुदा सबै नामलाई सहज स्वीकार्दै आएका छौं । अब निर्बाचन आयोगले पार्टी नै खारेज गरे पनि पार्टीको नयाँ नाम हुने हो। आठौं नामले मेरो पार्टीलाई संबोधन गर्न धेरै गाह्रो नहोला ।

बिषय नामको मात्र हो त ? मैले माथि नै भनेको छु, सकारात्मकता झ्यालबाट आउछँछ कि भनेर । नाम राख्ने, पार्टी कमिटी केन्द्रमा बसेर आफै बन्ने, तलका कमिटी तोकेर पठाउने, कोठामा बसेर कापीमा गरिएका गृहकार्य (ब्यक्तिलाइ सम्झना भएका आधारमा छनौट गरिएका) बाट पार्टी निर्माणको आत्मसन्तुष्टि लिने परिपाटी बसेको छ।

हजारौ सहिद परिवार, पार्टी नै सबथोक ठानेका कर्यकर्ता दशौं लाख सदस्य अनि पचासौ लाख जनताको प्रत्यक्ष संलग्नता भएको पार्टी संचालन नयाँ खोज र धेरै मेहनतको बिषय हो। मेरो पार्टी भन्नेहरुको बिचार र भावनालाई प्रत्यक्ष पार्टीमा समेट्ने परिपाटी के हो ? मेरो स्तरका कार्यकर्ताको बिचारमा स्पष्ट हौंला। के बैचारिक स्पष्टताले मात्र पुग्छ ? मैले मेरो पार्टीमा मेरा बिचार कहाँ राख्ने ? सम्मेलन, महाधिबेशन भनेको केहो ? के के हुन्छ त्यहा ? नेतृत्वलाई जनता र कार्यकर्ताले अनुमोदन गर्न पर्दैन ?

आदरणीय नेताहरु, तपाइँहरु पहिल्यै जन्मनुभयो । उमेर अगाडि भयो । हामी पछि जन्मिएका हौंला । पछि झोला बोकिम । हजुरहरुका कार्यकर्ता भयौं । बुवासँग म सक्षम भैसकें भनेर छुट्टियर बस्न थालिम । अब मेरो मनमा मौका पाए हजुरभन्दा राम्रो गर्छु कि भन्ने बिचार आउदैन र ? कहिले पाउँछन् लाखौं कार्यकर्ताले आफूहरुलाई खरो उतार्ने फोरम ?

माओवादी अन्दोलनका कलंक निर्बाचन आयोग गएपछि मैले यसलाई सकारात्मक अवसरको रुपमा लिएको छु । अब बेलैमा पार्टी निर्माणको नयाँ बैज्ञानिक बिधि बनाऔं । सबै उत्पीडित जाति, क्षेत्र, लिंगले आपनत्व महसुस हुने गरी नियमित बिधानअनुसार अधिवेशन गरौं । नीति तथा कार्यक्रम कमिटीबाट अनुमोदन गरेर कार्यन्वयनमा जुटौं ।

मैले यतिसम्म गरें, अब अझ राम्रो गर्ने मान्छे पनि हुनसक्छ भनेर सोचौं। आफू सकिदा पार्टी सकिने, सहिदको बलिदान सकिने, आन्दोलनको उपलब्धी सकिने र आफुनो राम्रा बिशेषता सबै सकियर जनताले दुत्कार्ने अबस्था नआओस हामी माओबादीलाई ।

राजनैतिक प्राणी भएपछि राजनैतिक विषयमा चासो हुदोरहेछ। आलोचाना गर्ने, नकारात्मक सन्देश दिने उद्देश्य कदापि हैन तर नेतृत्वलाई सुझाव दिन हामूो अधिकार पनि हो । नियमित बैठक, भेला सम्मेलन नभएपछि सार्वजनिक माध्यमबाटै बहस गर्नुभन्दा अर्को बिधि हामीसँग छैन । नेतृत्वप्रतिको आलोचना नेतृत्वप्रतिको विश्वासको उपज नै हो । विश्वास नै नलागे त के आलोचना गरिरहनु ?

अहिले पार्टीहरुबीचको अन्तर्बिरोध बैमनश्यतामा पुगिसकेको छ। प्रधानमन्त्री केपी ओलीले माओबादीका बिरुद्ध गर्न सकिने जति सबै हर्कत गरिरहेका छन् र गर्नेछन् । इगो, बदलाभाव अनि प्रतिसोधी मनासिकताको जबरजस्त पात्र बन्दैछन् ओली । त्यसैले ओली पात्र मात्र होइन, प्रवृत्ति नै बन्दैछन् । आफ्नाहरुले जस्ता अपराध गरे पनि छोप्ने र बिरोधीको छाला काड्ने राजनीतिक प्रवृत्तिका प्रतिनिधि हुन् ओली । अहिले नेपालको पोलिटिक्स ‘ओलीटिक्स’मा बदलिएको छ ।
यो बेलामा यस्ता निरंकुश प्रवृृत्तिको बिरुद्ध सामूहिक मोर्चाबन्दी बलियो बनाउनु आवश्यक नै छ, त्यो सँगसँगै क्रान्तिकारी पार्टी निर्माणको दिशामा पनि दृढ भएर लाग्न जरुरी छ । हरेक समस्याको क्रान्तिकारी निकास बलियो जनसम्बन्ध र ब्यापकजन परिचालनबाट नै हुने हो । त्यसका लागि बलियो, बिधिसम्मत, सुदृढ र ब्यवस्थित पार्टी चाहिन्छ ।
(लेखक नेकपा माओवादी केन्द्रका युवा नेता हुनुहुन्छ)

Facebook Comments