• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सपना हजार गीति एल्बमकाे समीक्षा




राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले सपना हजार गीति एल्बमकाे समीक्षा कार्यक्रम सम्पन्न गरेका छ ।

परिषद् दाङ शाखाले भर्चुअल (जुम) मार्फत सप्तरङ्गी अक्षरयात्रा -२०७८ काे साताैँ कार्यक्रम अन्तर्गत १७८ अाैँ शृङ्खलामा कृति समीक्षा गरेकाे हाे ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् वरिष्ठ गीतकार एवं समालोचक प्रा.डा. कृष्णहरि बरालकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे छ । सो कार्यक्रममा सपना हजार गीति एल्बमकाे समीक्षा गायक/सविधानविद् डा. भीमार्जुन आचार्य (अर्जुन मिलन) र कवि/संचारकर्मी डा. नवराज लम्साल गर्नु भएकाे थियाे । साे एल्बममा गीतकार एवं गजलकार डा केशव शर्माकाे शब्द र विश्व कीर्तिमानी संगीतकार सन्ताेष श्रेष्ठकाे संगीत रहेकाे छ । उक्त कार्यक्रममा स्रष्टा डा केशव शर्मा, संगीतकार सन्ताेष श्रेष्ठ र राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरूषाेत्तम खनालले अाफ्नाे भनाई सहित मन्तब्य व्यक्त गर्नु भएकाे थियाे ।

जुम मार्फत सञ्चालन गरिएकाे कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय तथा विभिन्न जिल्ला शाखाका पदाधिकारी एवं सल्लाहकारकाे समेत सहभागीता रहेकाे थियाे ।

“सप्तरङ्गी अक्षरयात्रा – २०७८” का कार्यक्रममा देशका विभिन्न जिल्ला तथा अन्तर्राष्ट्रिय रूपमा समेत नियमित रूपमा सहभागीता रहेकाे थियाे । जुम मार्फत सञ्चालन गरिएकाे कार्यक्रममा साहित्यकारहरू डा अमर गिरी, मनाेहर लामिछाने, पुरूषाेत्तम खनाल, पदमप्रसाद शर्मा, डा मधुसूदन लामिछाने, नारायण नेपाल, रमेश क्षितिज, नरेशजङ्ग राणा, टिकाराम उदासी,डा.कृष्णराज डिसी, डा अवि अधिकारी, डा केशव शर्मा, रमेश सुवेदी, डा लाेकराज पराजुली, डा. नेत्र एटम, केशवराज देबकाेटा, डा प्रेम योगी, खेमराज मल्ल, राज बाबु श्रेष्ठ सागर, हरी पाेख्रेल, निमबहादुर थापा, अर्जुन नेपाल, डिल्लीराज श्रीधर, डा हिमलाल पन्थी, दामाेदर पाैडेल, पुर्ण वली अाेमकुमारी बजरा रानाभाट, श्रीधर शर्मा, किशोरचन्द्र गौतम, अादर्श खत्री, विदुर प्रसाद सापकोटा स्ड्नेय, अादर्श खत्री, रामकृष्ण शर्मा, मणिराम शर्मा, डिल्ली बस्नेत संगीत, माेहन दाहाल, विपिन घिमिरे, प्रकाश सुवेदी, सुदामा ऋषि, मुकुन्द शर्मा, बिमला खनाल, छमा सुवेदी, सिर्जना शर्मा, सन्ध्या नेपाल, मन्जु उपासना, दिपक शर्मा अम्विका भट्टराई, खेमराज गाउले, देवा डाँगी, उर्मिला काेईराला, जितेन्द्र मल्ल, शुशिला अाचार्य, मुकुन्द रञ्जितकार, निशान्त अाचार्य, टिकाराम शर्मा, गुरूप्रसाद कुमाल बुलबुल, बिमला डाँगी विकलता, नारदप्रसाद भण्डारी, तारादेव शर्मा प्रदर्सन, मिना खड्का, रन्जना चन्द ठकुरी, सन्ताेषी लामिछाने, अनन्त केसी, माधव के.सी. नविता दवाडी, साैगात पुन मगर, अभिनय शर्मा लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा अध्यक्ष समीरले सप्तरङ्गी अक्षरयात्रा – २०७८ सम्पन्न गर्न विभिन्न जिम्मेवारी स्विकार गरि भुमिका निर्वाह गरिदिनुहुने तथा नियमित रूपमा सहभागीता जनाउनुहुने सबैप्रती धन्यवाद ज्ञापन गर्नु भएकाे थियाे । कार्यक्रममा प्रमुख अतिथि, समीक्षक, गीतकार र संगीतकारलाई मायाकाे चिनाे प्रदान गरिनुका साथै सप्तरङ्गी अक्षरयात्रा -२०७८ काे समेत समापन गरिएको थियाे ।

“सपना हजार” गीति एल्बमकाे कृति समीक्षा कार्यक्रममा परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष एवं वर्तमान सल्लाहकार कमलमणि देवकोटाकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमको सहजिकरण सचिव प्रकाश केसीले गर्नु भएको थियो

Facebook Comments