घोराही उपमहानगरपालिकाले चालु आर्थिक बर्षदेखि शुरु गरेको फोहर खरिद अभियानको दोस्रो श्रृंखला शुरु गरेको छ ।
गत बैशाखदेखि शुरु गरिएको अभियानको दोस्रो श्रृंखला आजदेखि शुरु गरिएको हो । उपहानगरले नयाँ बसपार्कमा कार्यक्रम गरी अभियानको दोस्रो श्रृंखला शुरु गरेको हो ।
उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले स्थानीयबासीबाट फोहर खरिद गर्दै अभियानको दोस्रो श्रृंखला शुरु गर्नुभएको हो ।
उहाँले चालु आर्थिक बर्षदेखि घोराहीलाई पूर्ण सरसफाइयुक्त नगरको प्रक्रिया अगाडि लैजान यो अभियान शुरु गरेको जानकारी दिनुभयो । वातावरण तथा सरसफाई महाशाखा संयोजक एवं घोराही १४ का अध्यक्ष शक्तिराम डाँगीले अब अभियान निरन्तर अघि बढ्ने बताउनुभयो ।
फोहर मोहरमा परिणत गर्ने आफूहरुको अभियान रहेको भन्दै उहाँले कडा प्लाष्टिकको दुई रुपैयाँ केजी, कडा तथा गत्ताको पाँच रुपैयाँ केजी र प्लाष्टिकको बोतलको दश रुपैयाँका दरले फोहर खरिद गर्ने गरेको जानकारी दिनुभयो ।
यातायात ब्यवसायी महासंघका संयोजक भरतनाथ योगी अभियान सफल बनाउन आफूहरुको सहयोग हुने बताउनुभयो । कार्यक्रम सञ्चालन सरसफाई महाशाखा प्रमुख लक्ष्मण अधिकारीले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।