• २८ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घर भत्केर मृत्यु भएका परिवारलाई सवा दुई लाख राहत




अविरल बर्षातका कारण घर भत्केर मृत्यु भएका बालिकाको परिवारलाई जिल्ला प्रशासन दाङ र घोराही नगरपालिकाले राहत प्रदान गरेका छन् ।

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १७ क्वाडीस्थित घर भत्कदा हिजो तीन महिनाकी बालिका बिन्दु चौधरीको निधन भएको थियो । घटनामा आमा र दिदी घाइते भएका थिए ।

मृतकका बुवा आशाराम चौधरीलाई घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरीले जिल्ला बिपत व्यबस्थापन समितिको तर्फबाट दुइ लाख र उपमहानगरको तर्फबाट किरिया खर्च २५ हजार गरि दुई लाख २५ हजार प्रदान गर्नुभएको थियो । राहत दिन प्रमुख चौधरी, प्रजिअ रामबहादुर लिम्बु कुरुम्बाङ, प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेलगायत पीडितको घरमै पुग्नुभएको थियो ।

Facebook Comments