हिमाल महरा – नेपाल युट्युव पत्रकार संघको पहिलो नयाँ शाखा दाङमा स्थापना भएको छ । दाङमा सकृय युट्युवर पत्रकारहरुको भेलाले क्लासिक मिडियाका संचालक सुजल जिएमको अध्यक्षतामा १३ सदसीय यूट्युव पत्रकार संघ जिल्ला शखा दाङ गठन गरेको हो ।
संघका केन्द्रीय उपाध्यक्ष भोजराज थापाको उपस्थिति र अध्यक्ष प्रकाशचन्द्र दाहालको भर्चुअल उपस्थितिमा भएको भेलामा युट्युव पत्रकारिताका चुनौती र समाधानमा संघले खेल्नु पर्ने भुमिकाको बिषयमा छलफल समेत भएको थियो ।
भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले युट्युव पत्रकारलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन गराउने काम हाम्रै भएको बताउँदै नयाँ प्लेटफर्मको दुरुपयोग हुन नदिन सबैमा अपील गरे ।
स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेशका अध्यक्ष बिष्णुकुमार देवकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले जिएमलाई अध्यक्षमा चयन गरेको हो ।
संघको उपाध्यक्षमा कैलाश घर्तिमगर, सचिवमा सुदन थापा, सह सचिवमा हेमराज परिवर्तन, कोषाध्यक्षमा किसन ओली चयन भएका छन् ।
सदस्यहरुमा रामप्रसाद भुषाल, हिमाल महरा, राज रावत , हरि मगर, लालसुर बिष्ट,निता पुन, भेगबहादर थापा र बाबसराम डाँगी सर्वसम्म सहमति चयन भयको थियो ।
त्यसैगरी यूट्युव पत्रकार संघको लुम्बिनी प्रदेश संयोजकमा पत्रकार बिष्णुकुमार देवकोटा चयन भएका केन्द्रीय अध्यक्ष प्रकाशचन्द्र दाहालले जानकारी दिए ।
दाङ जिल्ला भेलाको सिफारिसमा देवकोटालाई प्रदेश संयोजकमा चयन गरीएको यूट्युव पत्रकार संघका केन्द्रीय उपाध्यक्ष भोजराज थापाले बताए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।