• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पबित्राको संघर्षको सारथी बन्यो ग्रामीण महिला उत्थान केन्द्र




“२ वटा छोरा आफनो खुटामा उभिसके,एउटा छोरा क्यानडा छ अर्को छोरा बुटवलमा फार्मेसी चलाएर बसेको छ,तरपनि यि छोराहरुलाई यो ठाँउमा उभ्याउन र मलाई उद्यमी भनेर चिनाउनका लागी ग्रामीण महिला उत्थान केन्द्र दागंको महत्वपुर्ण भुमिका रहेको छ” यो भनाई हो गढवा १ कालाकाटे निवासी पवित्रा जि.सी.को,जि.सी.ग्रामीण महिला उत्थान केन्द्र दागंले गठन गरेको भालुबाङ्ग शाखाको केन्द्र नम्बर २५ को समुह सदस्य हुनुहुन्छ,उहाँ यस समुहमा बसेको आज १२बर्षभन्दा बढी भईसक्यो ।

“पैसा कमाउनुपर्छ भन्ने त थाहा थियो तर कसरी कमाउने कुनै मेसो नै थिएन्,अनि गरिखाउ भनेर कसैले पनि आईडियाका साथै पैसो दिएन् यस्तै बेलामा ग्रामीण महिला उत्थान केन्द्र दागंले संंचालन गरेको लघुबित्त कार्यक्रमका कर्मचारी बि.पि.वली सर हाम्रो क्षेत्रमा आएर समुहमा बसेपछि बिना धितो र धितो राखेर पनि कर्जासेवा उपलब्ध गराउने जानकारी गराउनुभयो त्यत्रिमात्रै होईन समुहको महत्व र बचत किन र कसरी गर्ने भन्ने बारेमा जानकारी गराउनुभयो ।

त्यसपछि टोलका दिदिबहिनीहरु मिलेर समुह बनायौ र समुहमा बस्यौ,पहिलोपटकमा नै बिना धितो समुह जमानीको आधारमा १०हजार कर्जा पाए अनि त्यो पैसालाई कसरी सदुपयोग गर्ने भन्ने बारेमा समेत बि.पि.सरले बाख्रापालन,बगुंरपालन,तरकारी खेति,कुखुरापालन जस्ता कामहरु गरेर अन्यत्र ठाँउमा घरब्यहारको काम गरेर पनि पैसा कमाएका दिदिबहिनीहरुको बारेमा सुनाउनुभयो साथै नेपालका अन्य दिदिबहिनीहरुले आर्थिक उर्पाजनका लागी गरेका कामका बारेमा प्रशस्त उदाहरणहरु दिनुभयो,उहाँले दिएका उदाहरणले मलाई पनि केहि गर्नुपर्छ भन्ने मनमा आट जोश जागँर पलाएर आयो त्यसपछि कृषि पेशामा चालिएका पाईलाहरुले मलाई कहिल्यै पछाडी फर्केर हेर्नपरेन ।

१०हजार कर्जा ल्याएर ब्यावसाय शुरुवात गरेपनि पटक पटकको किस्ता गरेर अहिले मैले ग्रामीण महिला उत्थान केन्द्र दागं अन्तर्गत नै जन्मिएको आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लि.बाट ३लाख कर्जा लिएर ब्यावसाय गर्दै आएको छु ।


आज मेरो खोरमा १५वटा बाख्राहरु छन्,१५०वटा लोकल कुखुराहरु छन् भने ५१वटा बंगुरहरु रहेका छन् त्यत्तिमात्रै होईन् मैले पबित्रा बंगुर फार्म समेत दर्ता गरिसकेको छु ।” बि.स.२०४० सालमा बिहे गरेपछि प्युठानबाट बसाईसरेर कालाकाटे झरेकी पबित्रालाई पैसा कमाउने हुटहुटि थियो अनि सुखद घरजम सँगै उज्जवल भबिष्य बनाउनु थियो,यसै कारणले गर्दापनि पबित्रा पहाडी एरिया बाट बसाई सरेर तराई झर्नुभयो,पहाडमा केहि गरौ भन्दापनि भिरालो जमिन,प्रशस्त जग्गा थिएन,खान लगाउन समेत धौ धौ पर्ने पबित्रा र उहाँको श्रीमान ढालबहादुर जि.सि.लाई आफुहरुको उज्जवल र सुखद भबिष्य निर्माण गर्नको लागी बसाईसराई भन्दा फरक बिकल्प अरु केहि देखिएन ।

बसाई सरेर तराई झरेपछि जि.सी.दम्पतीले पैसा त कमाउन चाहन्थ्यो तर पैसा कमाउनलाई फेरीपनि पैसा नै चाहिन्थ्यो त्यो जिन्दगी संघर्ष गर्दाको बखत अचानक सारथी बन्न ग्रामीण महिला उत्थान केन्द्र दागं आफनो घरमै आईपुगेको पबित्राले बताउनुभयो ।

८कक्षा सम्म मात्रै पढेका उहाँका श्रीमान् ढालबहादुर जि.सी.र बिद्यालय समेत कुल्चीन नपाएकी पबित्रालाई आजभोलि जिन्दगी सपना जस्तै लाग्छ रे,कुनैसमय आफना दिदि बहिनी आफन्तीहरुले समेत चाडपर्वमा भेट हुदा पैसा सापटी माग्छे कि भनेर खुलेर कुरा नगर्ने र नजिक पर्न समेत हिच्कीचाउने गर्थे तर आजभोलि घरपरिवार,आफन्ती,छरछिमेक र गाँउ समुदाय सबैले माया गरेको देख्दा पबित्रालाई निक्कै खुसी लाग्छ। त्यत्तिमात्रै होईन पबित्राले आजभोलि छरछिमेक,आफन्तीहरुलाई समेत आश्यक्क्ता परेको खण्डमा सक्दो सहयोग गर्दै आउनुभएको छ।

मासिक रुपमा १हजार समुह बचत गर्दै आउनुभएकी पबित्राले अहिले १वटा बंगुरको पाठालाई रु.५हजारका दरले बिक्री गर्दै आउनुभएको छ साथै लोकल कुखुरा र बाख्राहरु बिक्री गरेर बार्षिकरुपमा १२ देखि १५लाख सम्मको कारोबार गर्दै आएको पबित्राले बताउनुभयो । पबित्राले उत्पादन गरेका बस्तुहरुको बजार भनेको बुटवल,भैरहवा र स्थानिय तहमा रहेका होटलहरु हुन,अहिले लकडाउनको समयमा आफनो ब्यापारमा केहि समस्या त भएको छ तरपनि अहिले यो समस्या आफनो मात्रै नभएर बिश्वकै समस्या भएकाले पनि आफुले मन बुझाएर बसेको पबित्राले बताउनुभयो । पबित्राको फार्ममा अहिले दिनहु रुपमा काममा सहयोग गर्नका लागी २जना कर्मचारी हुनुहुन्छ भने काम अल्लि बढी भएको खण्डमा थप १जना सहयोगी पनि राख्ने गरेको पबित्राले बताउनुभयो ।

आफु समुहमा बसेर पैसा ल्याएकै कारणले गर्दापनि श्रीमान्लाई अन्यत्र रोजगारका लागी धाउनुपरेन,श्रीमान् सँगै बसेर दुईजनाको साथ सहयोगले घरजग्गा जोड्न सफल भयौ,छोराछोरीलाई पठाउन सक्यौ,आफन्ती तथा समुदायको लागी उदाहरणीय पात्रको रुपमा परिचित हुन सफल भयौ त्यत्तिमात्रै होईन् हामी आफै सधै काममा तल्लिन भएको देखेर हाम्रा २छोराहरुले पनि सानै उमेरमा आफनो स्कुल बिदा भएको दिनमा हामीलाई सहयोग गर्थे,मिहेनत र निरन्तरको लगनशिलताले मान्छेलाई सफल बनाउनछ भन्ने कुरा सानै उमेरमा मेरा छोराहरुले सिक्न पाए,यस अर्थमा पनि ग्रामीण महिला उत्थान केन्द्र दागंलाई हृदय देखि नै धन्यवाद दिन्छु ।

पैसा सहयोग हुने हो र बाटो देखाउने मान्छे गत्तिलो हुने हो भने बाटो फराकिलो बन्दै जाने रहेछ,त्यत्तिमात्रै होईन् पबित्राले सुनाउनुभयो लगनशिलता,मिहेनत र निरन्तरको जोश जागर सँगै केहि गर्ने आँट र साहस हुने हो भने हरेक ब्यक्ति सफल हुदै जानेरहेछन् आर्थिक रुपमा हुने सफलताले मान्छेलाई आत्मबिश्वासी बनाउदै लैजाने र देशको अर्थतन्त्र समेत बलियो हुदै जाने पबित्राले बताउनुभयो । अहिले छोराहरु कमाउने छन् तरपनि आफना हातपाखुरा बलियो हुदासम्म काम गर्न नछोड्ने साथै आफुहरु जिबन रहदासम्म आत्मनिर्भर नै भएर बाच्ने धोको रहेको पबित्राले बताउनुभयो ।

Facebook Comments