• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङका खोलाहरु जलमग्न, आवागमनमा सास्ती (भिडियो/फोटो फिचर)




अविरल बर्षातका कारण दाङका खोलाहरु जलमग्न भएका छन् ।

बर्षा शुरु भएयता दुःख दिन थालेको पत्रेखोलामा पुनः आवागमन अवरुद्ध भएको छ ।

केही दिन यातायात बन्द गरेर कचवे बनाइए पनि ठूलो भेलका कारण यातायात प्रभावित भएको छ ।

बन्द गरिएको यातायात २३ असार विहानदेखि सञ्चालनमा आए पनि ठूलो भेलका कारण अवरुद्ध भएको छ । सम्झौता भएको सात बर्षसम्म पनि पुल नबन्दा यो खोला दाङका लागि बर्षातको दुःखका रुपमा देखिएको छ ।

कालाखोलामा पनि केहीबेर यातायात अवरुद्ध भएको थियो ।

खोला पुलभन्दा माथि आएपछि यातायात अवरुद्ध भएको हो । यो खोलामा भेन्टेड कजवे रहेको छ ।

त्यस्तै घोराहीको चमैसोता बढेर बस्तीमा पसेको छ ।

विहानदेखि परेको पानीका कारण राप्ती र बबईमा जल सतह बढेको छ भने बजार क्षेत्रमा पनि उपयुक्त ढल निकासको अभावमा डुबानको समस्या देखिएको छ ।
भिडियो/तस्विर: जंगलबहादुर रेउले

Facebook Comments