• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा हरित स्वयंसेवकहरु सक्रिय




दाङमा हरित स्वयंसेवक सन्जाल दाङको बैठक सम्पन्न भएको छ ।

बैठकबाट युवाहरुलाई कृषि व्यवसायमा प्रेरित गर्न प्रत्येक हरित स्वंयसेवकहरुले आ-आफ्नो वडामा कम्तिमा २० सदस्यीय १/१ कृषक समूह गठन गर्ने ,कृषि बजेटलाई आवश्यकता अनुसारका शिर्षकमा विनियोजन गरि कार्यान्वयन गर्न सहयोग गर्न स्थानिय तह संग समन्वय गर्ने ,कम्तिमा ५ बर्ष सम्म कृषि उद्यमलाई कर मुक्त राख्न र आवश्यकता अनुसारको सहुलियत कर्जा प्रवाह गर्न तिनै तहका सरकार संग निवेदन पेश गर्ने निर्णय गरिएको र सबै हरित स्वयंसेवकहरुलाई पोशाक वितरण पनि गरिएको संजालका सचिव बिष्णु वलिले जानकारी दिनुभयो ।

बैठकले लुम्बिनी प्रदेश सरकारले प्रदेशमा हरित स्वयंसेवक परिचालन मार्फत कृषि क्षेत्रमा नमुना कार्यक्रमको सुरुवात गरेको ठहर गर्दै लुम्बिनी प्रदेश सरकार र सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गरेको थियो ।

बैठकमा कृषि ज्ञानकेन्द्र दाङका कार्यालय प्रमुख बुद्धिराज घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो भने कृषि ज्ञानकेन्द्र दाङका कृषि प्रसार अधिकृत फिर्तुमान चौधरी,लेखापाल मनोज बिष्ट,अधिकृत इश्वरी पौडेल र प्रा.स. पुर्ण प्रसाद तिमिल्सिना लगायत अतिथिहरुको सहभागीता थियो ।

संजालका अध्यक्ष रामचन्द्र खडकाको अध्यक्षतामा कृषि ज्ञानकेन्द्र दाङको सभाहलमा भएको बैठकको संचालन संजालका सचिव बिष्णु वलिले गर्नुभएको थियो ।

Facebook Comments