• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लसुनको पकेट क्षेत्र बन्दै चुनबाङ, यो बर्ष चालीस लाख भित्रियो




मदन बिसी/रुकुमकोट

रुकुम पुर्बको भुमे गाउँपालिका ९ चुन्वाङले लसुन बिक्रीबाट ४० लाख भित्र्याएको छ । वडाले आर्थिक बर्ष ७७/७८ मा लसुन बिक्री बाट उक्त रकम भित्राएको वडा अध्यक्ष प्रवेश पुनले बताउनु भएको छ । यसवर्ष चुन्वाङमा चार सय ५३ क्विन्टल लसुन उत्पादन भएको बताउनुभयो ।

सो लसुन बिक्रीबाट उक्त रकम वडामा भित्रीएको छ । बिगतका वर्षका जस्तो उत्पादित लसुनले बजार नपाएर कुहिएर जाने समस्या यो वर्ष दोहोरिन पाएन वडा अध्यक्ष पुनले भन्नुभयो किसानले उत्पादन गरेको लसुन सजिलै बिक्री भएको छ ।

उत्पादित लसुन बजारसम्म पुर्याउन वडापालिका र कृषक दुबैको समन्वय गरेकाले बिक्री गर्न समस्या नभएको उहाँको भनाइ छ । सुरु सुरुमा प्रतिकेजि ९० मा बिक्री गर्दै आइएकोमा पछिल्लो समयमा भने प्रतिकेजि एक सय १५ मा बिक्री गरिएको कृषक कलम बुढामगरले बताउनुभयो ।

उहाँका अनुसार लाखरखोला, दुबाचौर, सिमचौर, च्याङचुङ लगायत आसपासका क्षेत्रमा लसुन राम्रो उत्पादन हुने गरेको छ । चुन्वाङमा उत्पादन भएको लसुन रुकुम पुर्ब रोल्पा, रुकुम पश्चिम, दाङ, नेपालगञ्ज लगायतका ठाउँमा निर्यात हुने गरेको छ । रुकुममा उत्पादन भएको लसुन अर्गानिक तथा अन्य लसुन भन्दा स्वादिष्ट हुने हुँदा यसको बजार माग बढिरहेको छ।

गत वर्ष चुन्वाङका किसानलाई अनुदानमा लसुनको बिउ वितरण गरेको स्थानिय सरकारले यस वर्ष पनि झन्डै ३५ क्विन्टल बिउ वितरण गर्ने जनाएको छ । चुनवाङमा लसुनखेती र बाख्रापालनलाई बिशेष प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताउनुभएको छ । गाउँपालिका भित्रका नागरिकलाई कृषिमा आकर्षन गर्न र बाजो जग्गालाइ उपजनिमा रुपान्तरण गर्न किसान मैत्री विभिन्न कृषि प्याकेज ल्याएको पनि बताउनुभएको छ ।

Facebook Comments