• ६ माघ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शिक्षक संगठनको जिम्मेवारी बाँडफाँड




नेपाल कम्युनिस्ट पार्टीको पेशागत संगठन अखिल नेपाल शिक्षक संगठन दाङ जिल्लाको १६औ पुर्ण वैठक सम्पन्न भएको छ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्यमा वैठक सम्पन्न भएको हो।वैठकमा प्रमुख अतिथि शितलले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए।

वैठकले संगठनको ९औ जिल्ला सम्मेलन आगामि असोज महिना भित्र गर्ने निर्णय गरेको छ।सम्मेलन सम्पन्न गर्न डिल्लीराज डागी संयोजक रहने गरि २७ सदस्यीय सम्मेलन आयोजक समिती गठन गरिएको छ।

वैठकले तुलसीपुर,घोराही र लमहिमा अन्तरक्रिया कार्यक्रम गर्ने,सवै संगठनहरुसंग भेटघाट,छलफल र अन्तरक्रिया गर्ने,शिक्षकहरुका पेशागत हकहित,अधिकारका लागि संघर्ष गर्ने,पालिका स्तरीय कमिटी गठन गर्ने जस्ता बिबिध मह्त्वपुर्ण निर्णय गरेको छ।

यस्तै वैठकले पालिकाहरुमा इन्चार्जहरुको जिम्मेवारी ठोस गरेको छ जसमा राप्ती गाउपालिकामा धनिराम घर्तीमगर,गढवा गाउपालिका -कृष्ण हमाल,राजपुर गाउपालिका-नरेन्द्र वस्नेत,लमही नगरपालिका-कविता खनाल,घोराही उपमहानगरपालिका-हरिलाल चौधरी,तुलसीपुर उपमहानगरपालिका-मेघराज घिमिरे,वंगलाचुली गाउपालिका-चेतनाथ मगर,दंगिशरण गाउपालिका-लिलाधर नेपाली,शान्तिनगर गाउपालिका-कृष्ण चन्द ठकुरी र ववइ गाउपालिकामा लिलाधर विकलाई जिम्मेवारी प्रदान गरिएको हो।

संयोजक डिल्लीराज डागिको अध्यक्षतामा बसेको वैठकमा नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप,अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय समितिका सदस्य तथा राप्ती व्युरो इन्चार्ज नारायण भण्डारी,संगठनका केन्द्रिय समिती सदस्य नेतृ निर्मला डिसि,नेकपा घोराही नगर इन्चार्ज तिलक,अखिल नेपाल शिक्षक संगठन दाङका सल्लाहकार समितिका सदस्य कृष्ण चन्द ठकुरी,अखिल(क्रान्तिकारी)दाङका पुर्ब अध्यक्ष अनिलको आतिथ्य रहेको थियो।

Facebook Comments