• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुसीकोट १० मा साढे सत्र हजार विरुवा निःशुल्क वितरण




रुकुमपश्चिम मुसीकोट नगरपालिका वडा नम्बर १० ले फलफूल र घाँसका गरी साढे सत्र हजार विरुवा निःशुल्क वितरण गरेको छ ।

फलफूल खेती विस्तार गर्ने उद्देश्यका साथ १७ हजार छ सय ५० विरुवा वितरण गरिएको वडा अध्यक्ष गोप्यश्व केसीले जानकारी दिनुभयो ।

वडाले छ हजार सात सय कागती, दुई हजार टिमुर, साढे चार सय अमिलो र सात हजार राइखन्याको विरुवाको वितरण गरेको वडा सदस्य धनबहादुर खड्काले जानकारी दिनुभयो ।

त्यस्तै बहुक्षेत्रीय पोषण कार्यक्रमले सुनौलो हजार दिनभित्रका महिलालाई लक्षित गरेर एक हजार कागती र पाँच सय सुन्तलाको विरुवा वितरण गरेको पनि उहाँले जानकारी दिनुभयो । वडाभित्रका तीन सय ३३ घरधूरीलाई विरुवा वितरण गरिएको हो ।

वडामा यसअघि पनि हरेक बर्ष विभिन्न फलफूल र घाँसका विरुवा वितरण गर्ने गरिएको वडा सदस्य खड्काले जानकारी दिनुभयो । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि यो वडाको कृषिका लागि योजनाबद्ध पहल भइरहेको छ । वडा लसुनको पकेट क्षेत्रको रुपमा विकास हुँदै गएको पनि खड्काले जानकारी दिनुभयो ।

Facebook Comments