तुलसीपुर उपमहानगरपालिकालाई दाङका पाँच विद्यार्थी संगठनहरुले ज्ञापन पत्र बुझाएका छन् । तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा र बिधार्थी संगठनबीच विगतमा भएका सहमतिलाई व्वास्था गरि निजि तथा सामुदायिक विद्यालयले मनोमानी शुल्क उठाएको भन्दै यसलाई सुधार गर्न ध्यानाकर्षण गराएका हुन् ।
तुलसपिुर उपमहानगरपालिकाले सञ्चालन गरिएको मेट्रो कलेजमा विज्ञापननै नखोली राजनीतिक आस्थाको आधारमा गरिएको नियक्तीलाई तत्काल खारेजी गरी योग्यता तथा क्षमताको आधारमा खुल्ला प्रतिस्पर्धा गरि विज्ञापन मार्फत नियुक्ती गर्न, निजि बिधायलका शिक्षक तथा कर्मचारी हरुलाई कोरोनाको बन्दाबन्दि अबस्थाको समयमा बिद्यालयले पारिश्रमिक उपलब्ध गराउन माग गरेका छन् ।
त्यस्तै अनलाईन कक्षाको बाहानामा लिदै आएको शुल्क तत्काल रोकि आफ्ना मागहरु सुनुवाई गर्न, विद्यार्थी तथा शिक्षकहरुलाई तत्काल निःशुल्क भ्याक्सिन उपलब्ध गराई भौतिक कक्षा संचालन गर्न, विगतका बर्षमा भएको सहमति अनुसार निजी बिद्यालयले शुल्क निर्धारण गर्दा शिक्षा शाखा, बिधार्थी संगठनका प्रतिनिधि, सम्पूर्ण बिद्यालयका प्रमुखहरुको उपस्थितिमा शुल्क बढाउनु पर्ने कारण सहित सहमति अनुसार छलफलका माध्यमबाट भएको सहमति कार्यन्वयन गर्न, कोरोनाको बेला बिद्यालय बन्दाबन्दि भएको अबस्थामा लिएको शुल्क तत्काल फिर्ता गर्न, अनलाईन कक्षा संचालनको बाहानामा लिदै आएको पूर्ण शुल्क फिर्ता गर्नुपर्ने माग रहेको अखिल क्रान्तिकारीका जिल्ला सदस्य हिरालाल ओलीले बताए ।
त्यस्तै सरकारले सामुदायिक बिद्यालयमा निःशुल्क अध्ययन गराउनु पर्ने भनि घोषणा गरेको अबस्थामा सामुदायिक बिद्यालयले लिएको बिभिन्न बाहानाको शुल्क तत्काल रोक्न, एसईई नतिजा प्रकाशित नहुँदै कक्षा ११ को भर्ना तत्काल रोक्न, प्रत्येक निजि तथा सामुदायिक बिद्यालयमा छात्रवृति उपलब्ध नगराएको उक्त विवरणको अभिलेख हेर्दा आफन्तीहरु लाई उपलब्ध गराएको अभिभावकहरुको गुनासोलाई मध्ययनजर गर्दे गरिब तथा जेहेनदार बिद्यार्थीलाई उपलब्ध गराउन, पाँच दिन भित्र तुलसीपुर उपमानगरपालिका भित्रका सम्पूर्ण निजि तथा सामुदायिक बिद्यालयहरुले लिदै आएको शुल्कको विवरण सहित सम्पूर्ण बिद्यालयका प्रमुख हरुलाई उपस्थिीति गराई छलफलका माध्यमबाट अगाडि बढाउन समेत माग गरेका छन् ।
नेपाल विद्यार्थी संघ दाङका कोषाध्यक्ष अरुण लहरे, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य दुर्गा विक, माधव नेपाल निकट अनेरास्ववियूका जिल्ला संयोजक रबिन्द्र डाँगी, समाजवादी विद्यार्थी युनियनका दिपक पोख्रेललगायतले शिक्षा महाशाखा प्रमुखलाई आईतबार ज्ञापनपत्र बुझाएका थिए
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।