डिल्लीबहादुर खत्री/चौरजहारी
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको निति तथा कार्यक्रम अनुसार नगरपालिका भित्रका २८ घर फुसको छानामुक्त भएका छन् ।
आर्थिक बर्ष २०७७०७८ को नगरपालिकाको निति तथा कार्यक्रम अनुसार आव २०७८/२०७९ भित्र नगरपालिका भित्रका सबै घर खुसको छानामुक्त हुनेछन् । नगरपालिकाले सुरक्षीत आवास कार्यक्रम सन्चालन गरेको छ ।
नगरपालिकाले खुसको छाना भएको घरधुरी संख्या संकलन गरि यो बर्ष २८ घर खुसको छाना मुक्त भएको नगर प्रमुख बिशाल शर्माले बताए । उनका अनुसार बाँकी घर भने आगामी आर्थिक बर्ष भित्र खुसको छानामुक्त हुनेछन् ।
प्रत्येक खुसको छाना भएको घरलाई ५० हजारको दरले दिएका छौ नगर प्रमुख शर्माले भने त्यो पैसाले घरको छाना बदलिने छ । घर नभएकाहरुको जनता आवासबाट घर बन्नेछन् भने नगरपालिकाको सुरक्षित नागरिक आवास कार्यक्रमबाट खुसको छाना भएको घरको छाना बदलिने छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।