• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही १४ का चारवटा कृषक समूहलाई अनुदानमा जोत्ने ट्याक्टर




घोराही उपमहानगरपालिका वडा नम्वर १४ ले कृषक समूहलाई खेतबारी जोत्नका लागि हाते ट्याक्टर प्रदान गरेको छ । वडा कार्यालयले ४ वटा कृषक समूहलाई ५० प्रतिशत अनुदानमा उक्त हाते ट्याक्टर प्रदान गरेको हो ।

वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेले कृषक समूहलाई हाते ट्याक्टर हस्तान्तरण गर्नुभएको हो ।

वडा कार्यालयको ४ लाख रुपैयाँ र कृषकहरुको समूहको ४ लाख रुपैयाँको लागतमा हाते ट्याक्टर खरिद गरिएको हो ।

सयपत्री महिला कृषक समुह ढोडेनी, तल्लो झिंगौरा टोल, कपासी टोल र अग्रामी कृषी तथा पशुपंक्षी समुह झिंगौरा स्वर्गद्धारी आश्राम टोलका किसानहरुलाई ट्याक्टर प्रदान गरिएको हो ।

प्रत्येक समुहका ५/५ जना कृषकहरुलाई एउटा हाते ट्याक्टर प्रदान गरिएको छ । कार्यक्रममा कार्यबहाक नगर प्रमुख न्यौपानेले कृषिमा आधुनिक औजारको प्रयोगले श्रम र समयको समेत बचत हुने बताउनुभयो ।

उत्पादनमा बृद्धी गर्न कृषिमा आधुनिकीकरण गर्नु अपरिहार्य भएको उहाँको भनाई छ । उपमहानगरले दर्जनौ किसानलाई यस बर्ष पनि कृषि उपकरणहरु प्रदान गरेको जानकारी दिनुभयो । यसको सहि सदुपयोगले लागत थोरै र उत्पादन धेरै हुने बताउनुभयो ।।

Facebook Comments