• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना दिवसमा शुभकामना




अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भएको एक सय बर्ष पुगेको अवसरमा शुभकामना दिएको छ ।
केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले विज्ञप्तिमार्फत शुभकामना दिनुभएको हो ।

प्रस्तुत छ विज्ञप्तिको पूर्ण पाठः

आज चिनिया कम्युनिस्ट पार्टीले स्थापनाको १०० वर्ष पुरा गरेको छ । आजकै दिन अर्थात् सन १९२१ जुलाई १ का दिन चिनिया कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।

यश अवसरमा विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको तर्फबाट समेत चिनिया कम्युनिस्ट पार्टी र महान् चिनिया जनतालाई हार्दिक बधाई तथा अरु प्रगतिका लागि शुभकामना दिन चाहन्छ ।

भीषण क्रान्तिका २८ वर्ष र सत्तारोहणका ७२ वर्षको उतार तढावको अबधिमा चिनिया कम्युनिस्ट पार्टीले गरेको गौरवपूर्ण संघर्ष र अभूतपूर्व भौतिक प्रगति गाथाहरु विश्वभरका सर्वहारा वर्गका लागि प्रेरणाका श्रोत बनिरहेका छन् । चिनिया कम्युनिस्ट पार्टी र महान् चिनिया जनताको यश प्रकारको सफलताप्रति हाम्रो संगठन गौरव महसूूस् गर्दछ ।
आजको युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । यस प्रकारको विश्व परिस्थितिमा विश्वभरका सर्वहारा वर्गको सहयोग लिएर साम्राज्यवादलाई परास्त गर्न र प्रतिक्रान्तिका गल्तीहरुलाई सच्याउँदै र नवउदारवादी पुँजीवाद को विकासलाई रोकेर ू चिनिया विशेषताको समाजवाद ू लाई वैज्ञानिक समाजवादमा रुपान्तरण गर्ने दिशामा अगाडि बढ्नेछ छ भन्ने विश्वनस गर्नुका साथै हाम्रो प्यारो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र हार्दिक आग्रह समेत गर्दछ । धन्यवाद ।
क्रान्तिकारी अभिवादन सहित ।

हस्तबहादुर केसी
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र
केन्द्रीय कार्यालय काठमाडौं , नेपाल

Facebook Comments