• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शिक्षक विद्यार्थीलाई तत्काल कोरोना खोपको ब्यवस्था गर्न पाँच संगठनको माग




दाङका पाँच वद्यार्थी संगठनले तत्काल शिक्षक विद्यार्थीलाई कोरोना खोपको ब्यवस्थापन गर्न माग गरेका छन् । उनीहरुले संयुक्त बैठकपछि जारी गरेको विज्ञप्तिमा त्यस्तो माग गरिएको छ ।
प्रस्तुत छ विज्ञप्तिको पूर्ण पाठः

मिति २०७८ असार १७ गते दाङ्गमा कृयाशिल पाँच विद्यार्थी संगठनहरुको संयुक्त बैठक बसि शिक्षा क्षेत्रमा देखिएका समस्याहरु र आम सरोकारका विषयहरुमा छलफल गरि महत्वपूर्ण निर्णयहरु गरियो । उक्त बैठकले गरेका महत्वपूर्ण निर्णयहरु सार्बजनिक गर्न यो संयुक्त प्रेस वक्तव्य जारी गरिएको छ ।
निर्णयहरु:
१. शिक्षक र विद्यार्थीलाई उच्च प्राथमिकतामा राखी कोरोना बिरुद्धको खोपको ब्यबस्था गरि शैक्षिक संस्थाहरु संचालनको वातावातावरण तयार गर्दै बैकल्पिक माध्यमबाट अध्यापनका लागि शिक्षक र विद्यार्थीलाई आवस्यक सामग्रीको ब्यबस्थापन गर्न जोडदर माग गर्दछौ । साथै सम्पुर्ण विद्यार्थीहरु प्राबिधिक , भौगोलिक एबम अन्य समस्याले गर्दा अनलाइन कक्षामा सहभागी हुन नसक्ने भएको हुँदा त्यस्ता विद्यार्थीहरुलाई प्रश्न उत्तरसहितको अभ्यास पुस्तिका तयार गरि सहज ढंगले अध्ययन अध्यापनको पहुँचमा पुर्‍याउन आबस्यक पहल गर्नका लागि सम्बन्धित निकायलाई हार्दिक अनुरोध गर्दछौ ।

२. हाल केही शैक्षिक संस्थाहरुले क्भ्भ् को रिजल्ट न आउदै कक्षा ११ मा भर्ना खोलेको पाइएको छ । नतिजा प्रकाशीत नहुदै खोलिने भर्नाले अबिभाबकको ढाड सेक्ने काम भएको छ । यो कदम तत्काल सच्याउन सम्पुर्ण शैक्षिक संस्थालाई हार्दिक अनुरोध गर्दछौ ।

३. पढाइ नभएको समयमा धेरै शैक्षिक संस्थाहरुले शुल्क असुल गरेको पाइएको छ । तसर्थ उक्त निषेधाज्ञा अबधिको शुल्क तत्काल छुट गर्न जोडदार माग गर्दछौ ।

४. विभिन्न शैक्षिक संस्थाले गरेका चरम बेतिथिको तत्काल अनुगमन , निरीक्षण र आबस्यक कार्बाही गर्नका लागि तदारुकता देखाउन स्थानीय सरकारलाई हार्दिक अनुरोध गर्दछौ । अन्यथा हामी कडा कदम चाल्न बाध्य हुनेछौ ।

५. लकडाउनको अबधिमा कोठा भाडामा लिई बस्ने बिद्यार्थीहरुलाई सहुलियतका लागि सम्पुर्ण घरबेटी हरुलाई कम्तिमा उक्त अबधिको कोठा भाडा छुट गरिदिन हुनका लागि हार्दिक अपिल गर्दछौ ।

६. घोराही ( तुल्सिपुर सडक खण्डमा सडक निर्माणमा ब्यापक लापरबाहीका कारण दैनिक हजारौं जनताहरुलाई समस्या भैरहेको छ । वर्षा याममा खोलाले आवत(जावतमा समस्या पार्नुका साथै आफ्नो ज्यान लाई जोखिममा राखेर यात्रा गर्न यात्रु बाध्य भएका छन । यसलाई सहजीकरणका लागि उपर्युक्त डाईभर्सनको ब्यबस्था गरि आवत( जावत सहज बनाउनका लागि उचित कदम तत्काल अबलम्बन गर्न सम्बन्धित निकायलाई हार्दिक अनुरोध गर्दछौ । साथै उक्त निर्माण कार्य अलपत्र पारी जनतालाई बर्सेनि दुख दिने ठेकादार , निर्माण कम्पनिलाई तत्काल कार्बाही गरियोस ।

७. बढ्दो महंगी र कालोबजारीका कारण दैनिकि गुजारा गर्नमा आम निम्न बर्गिय समुदायलाई असहज भैरहेको छ । तसर्थ यसलाई तत्काल नियन्त्रण गर्न सम्बन्धित निकायलाई हार्दिक अनुरोध गर्दछौ ।

Facebook Comments