• ६ माघ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
निशुल्क शिक्षा दिदै झिमरुक गाउँपालिका




गिर जोन/झिमरुक प्युठान
आर्थिक अभावका कारणले शिक्षाको पहुँच बाट टाढा रहेका बालवलिकाहरुलाई समान शिक्षाको पहुँचमा पु¥याउनको लागि झिमरुक गाउँपालिकाले पालिका भित्र रहेका सामुदायिक विद्यालयमा निशुल्क शिक्षाको घोषण गरेको छ ।

चालु.अ.व ७८।७९ मा पालिकाले ४०% प्रतिशत बजेट गाउँपालिकाबाट रु ३ करोड सघिय सर्सत अनुदान बाट रु १८ करोड रकम बजेट विनियोज गर्दै गाउँपालिको ८ वडा भित्र रहेका ३६ आधारभूत र १० माध्यमिक गरि जम्मा ४६ विद्यालयमा कक्षा १ देखी कक्षा १० सम्म निशूल्क दिन लागिएको झिमरुक शिक्षा शाखा प्रमुख मोहन बि.सी ले बताउनुभएको छ ।

शिक्षा शाखा प्रमुख का अनुसार पालिका भित्रका सामुदायिक विद्यालयहरुमा पाठ्यपुस्तक निशुल्क दिदै आईरहेका र यस बर्षमा विद्यालय भर्ना शुल्क निशुल्क गरिएको छ । पालिकाले निशुल्क घोषण गरे सगै यस वर्ष १६ शिक्षक गाउँपालिका अनुदानमा थप गदै सामुदायिक विद्यालयहरुमा निजि शिक्षक राख्ने बाध्यताबाट मुक्त गर्न लागेको छ ।

हाल भने पालिकाले ६५ शिक्षक हरु पालिका अनुदानमा दिदै आएको छ । त्यस्तै पालिका भरिमा रहात शिक्षक ६७ जना ,स्थायि दरबन्दि ११८जना ,स्थायि शिक्षक ११८जना ,अस्थायि शिक्षक २० जना, निजि अनुमातिशिक्षक ४०जना शिक्षक शिक्षिकाहरुले अध्यापन गराउदै आईरहेका छन । निशुल्क शिक्षा दिने भए पछि पालिका भित्र अध्यायन रहत ८ हजार विद्यार्थि उनका अभिभावकहरु समेत खुशि भएका छन ।

Facebook Comments