• २८ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कविताः आखिर विभेद किन ?




छविलाल घर्ती मगर
सदाबहार नरहि मानव रहन्छ मात्र केही दिनलाई धर्तीमा
आइ आधुनिक युगमा मानिस, चल्ने गर्छ कुपरम्पराको अर्तीमा
धनी,गरीब र विविधताको जन्मभूमि छ नेपाल एउटै थलो
दरिद्र, तल्लो जातिले छोएको कुरा मानिन्छ समुदायमा त्यो कुभलो

भए पनि धेरै बिबिधतामा नेपालमा, हो एउटै जाति मानव
गर्छ कोही विभेद यहाँ उ रहेछ पक्कै त्यो दानव
विभेद विरुद्धका मौलिक हक, पढे लेखे जसले दिनरात
अँगाल्दै कुरिती पूर्वजको तिनीहरू, भन्छन गरीब र तल्लो जात

पर्यो किन पछाडि पर्न जब कुनै आफ्नो छैन दोष
चाल्दै सत्यताको बाटो देऊ अन्यायको जबाफ ठोस
बिबिधताको विभेद नराख मनमा, हटाउ यी अनुचित भाव
भयो देशमा एकता भने पर्दैन खुसी र शान्तिको अभाव
–गोरखा मावि घोराही, कक्षा ११, विज्ञान (केल्भिन)

Facebook Comments