रोल्पाका आगलागी पीडितलाई बिदेशमा बस्ने रोल्पालीलाई चार लाख बढी सहयोग पठाएका छन् ।
केही महिना पहिले रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वाडा न्मबर २,३,६ मा आगलागी हुदा ३७ घरहरु जल्नुका साथै विभिन्न चौपाया र धेरै धनमालको क्ष्ँति भएको थियो ।
पीडितहरुलाई सहयोग पुगोस् भनेर अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले एक हप्ते अभियान चलाएर चार लाख ३६ हजार रकम पठाएको छ । अभियानलाई सहयोग गर्ने सबैलाई रोल्पाली सेवा समाजले धन्यवाद दिएको छ ।
सस्थाका केन्द्रिय अध्यक्ष सन्दीप थापा, केन्द्रिय सदस्य तथा अभियानका संयोजक डिलाराम ओली, केन्द्रिय सदस्य टोपबहादुर पुन, प्रेस सल्लाहकार डिबी बुढाथोकी, कतार साखाका सहसूचना प्रबक्ता तिलक केसीले जनप्रतिनिधि कबिराज बुढाको रोहवरमा सहयोग गर्नुभएको हो ।
सहयोग अभियानदेखि हस्तान्तरण गर्दासम्म सहयोग गर्नु हुने सहयोगी दाता र हस्तान्तरण कार्यक्रममा सहयोग गरी सहज वातावरण निर्माण गर्ने सबैलाई अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज दोहा कतारले विशेष विशेष दिएको छ ।
अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले स्थापनाकालदेखि विभिन्न दुखी पीडितलाई देशका विभिन्न जिल्लामा सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि निरन्तरता दिने केन्द्रिय सदस्य तथा कतारका कोषाध्यक्ष दीपेन्द्रकुमार डाँगीले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।