• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
युवा साथीहरु, स्वतन्त्र पहिचान र अस्तित्वसहित विकास कार्यमा जुटौं




भुवन केसी

समय र परिस्थितिअनुसार आफूलाई परिवर्तन गर्दै चुनौतीहरुको सामना गरेर आफ्नो छुट्टै अस्त्वि बनाउने हर कोहीको इच्छा हुन्छ तर इच्छा पूरा गर्न हामीले धेरै चुनौतीहरुको सामना गर्नुपर्छ । सफलताको लागि अधिक मेहनतको गर्नुपर्छ ।

समयको अर्थ नबुझ्नेहरु पछाडि पर्छन् र सभ्यताबाटै लोप भएर जान्छन् अर्थात समाप्त भएर जान्छन् भने समयको महत्त्व बुझ्नेहरुले समाजवा रास्ट्रमा आफ्नो छुट्टै पहिचान र अस्तित्व बनाउने गर्दछन । मानव समुदायमा जीवन निर्वाहका लागि हामी सबैले केही न केही गर्नुपर्छ । हामी जे इलम गरेर जीवन निर्वाह गर्छौ, त्यसलाई नै रोजगार भनिन्छ। कतिपय युवाहरुले बाच्नका देश छोडेर बिदेशमा सङघर्ष गरी जीवन निर्वाह गरेका छन्, त्यसलाई वैदेशिक रोजगार भनिन्छ । हर कोहीको आ–आफ्नो सपना हुन्छ । आफूले राम्रो काम गर्ने र समाजमा आफ्नो छुट्टै पहिचान बनाई आफू अनि परिवारका सबै सदस्यहरुलाई खुसी राख्ने हरेकका सपना हुन्छन् । कसैको पूरा हुन्छ त कोहि कसैको अधुरै पनि हुन्छ ।

यस्तै हो हामी सबैको जीवन काहानी, त्यसैले हामी सबैले परिवर्तनको चाहान राख्नुपर्छ । सधैं सत्य तथ्यको खोजी गर्नुपर्छ । यो हामी सबैको रुचिको बिषयबस्तु बन्नुपर्छ । हामी निरन्तर यस्तै यस्तै कार्यहरू जुट्नुपर्छ । निरन्तर प्रयास र हरदम प्रयास गरिरहनुपर्छ।

त्यसले हामी युवाहरुको सोचाइ परिवर्तनशील हुनुपर्छ । यही परिवर्तनशील सोचाइले गर्दा होला, हिजोआज मेरो सोचाइ र उद्देश्यमा भने प्रहार हुन थालेको छ । मैले गरेका केही कार्यहरूमा सकारात्मक प्रतिक्रियाका आउँछ भने कतिपयको बिरोध पनि । करिब पाँच छ बर्षअघि देखि धेरैजसो बजार तिरै बस्छु र बर्षको एक महिना दशै तिहारको बिदामा घरगाउँमा आउछु तर बिडम्बना कोरोना महामारीले गर्दा यो बर्ष यो समयमा म घरगाउमै छु।

घरगाउमै भएर होला गाउँघरमा भएका गतिविधिहरुलाई देख्छु, मन थाम्न सक्दिन्न त्यसैले देखेका समस्याहरुलाई कहिले फेसबुकमा लेख्छु त कहिले जनप्रतिनिधिसमक्ष राख्छु। गाउँमा यस्ता कुरामा कोही कसैले चासो देखाउदैनन् । आफै समाधान गर्ने बाटो खोज्छु तर असंम्भव देख्छु अनि फेरि मन मारेर बस्छु ।

अन्य गाउँठाँउहरुमा भएको बिकासको गति हेर्छु । मनमा कयौं प्रश्न उठ्छन् अनि फेरि सोच्न थाल्छु– हाम्रो गाउँबस्ती सबै क्षेत्रमा किन पछाडि ? हामी कमजोर भएर वा जनप्रतिनिधिले चासो नदेखाएर ?

त्यसैले केही अन्धभक्त पार्टीको पुच्छर बनेका झोले युवाहरुलाई मेरो अनुरोध छ– तपाईहरुले एकपटक सोच्नुहोस, तपाई युवा हो ? युवाहरुले गर्ने काम के हो ? समाज परिवर्तन कसरी गर्ने सकिन्छ ? एकपटक आफू्रले आफैलाई नियालेर मुल्यांकन गर्नुहोस्, मेरो अनुरोध छ।
एउटा कुरा सधै याद गर्नुहोस्, अरुलाई होच्याएर बोल्दैमा, तपाईं कहिले महान बन्न सक्नुहुन्न। राजनीतिको अर्थ बुझ्नुहोस् । हुन त मभित्र पनि केही कमजोरीहरु होलान् । बास्तबमा हामी समस्या नै समस्याको भुमरीमा छौं । हामीले देश विकासका लागि गर्नुपर्ने काम कार्यहरू प्रशस्त छन। यहाँ विकासले गति लिन सकेको छैन, भएको जति विकासमा दिगोपन छैन ।

हाम्रो सामाजिक, आर्थिक, प्रशासनिक क्षेत्रमा ठूलो परिवर्तनको खाँचो छ । मेरो यो पार्टी, तेरो त्यो पार्टीको भनेर झन्डा बोकेर उफ्रिनुभन्दा विकास निर्माणको कार्यहरूमा एकजुट भएर लाग्नुपर्ने समय आएको छ । शिक्षित, अर्धशिक्षित तथा अशिक्षित श्रमशक्ति विदेशिएको छ। यहाँ कृषि क्रान्ति गर्नु छ । दिनप्रतिदिन उत्पादकत्व घटदै गइरहेको छ । उत्पादकत्व वृद्धिका लागि नवीन प्रबिधिको प्रयोग गरि अत्याधुनिक कृषि युग निर्माण गर्नु छ । जलसम्पदाको दोस्रो धनि देश भएर पनि हाम्रो धेरैका गाउँघर अन्धकार नै छन्।

विभिन्न ठाउँगाउँहरुमा खानेपानीको अभाव छ।जसलाई उपयोग गरेर बिजुली बत्ति उत्पादन र ठाउँगाउँमा खानेपानीको सुबिधा पुयाउनु छ।स्वास्थ्य, शिक्षा ,यातायात जस्ता क्षेत्रमा असीमित समस्याहरु छन । गाउँघर सम्म सडक बाटो निर्माण गर्नु छ। घरगाउँमा स्कुल बनाउनु छ।रोजगारको अवसर सिर्जना गर्नु छ।

देश बनाउने सपना देखाएर हामी जस्ता गरिब निमुखाकै पिठ्युँ चढेर सत्तामा पुगेकाहरु ब्यक्तिगत स्वार्थ र अहम् महत्व दिएर आपसमै खिचातानी गरेर देशको स्थिति यस्तो छ । देश भताभुङ भएको छ । दृश्य हाम्रोसामु प्रशस्त देखिएको छ । राजनीति समाज सेवा र देशका नागरिकको हक हितको लागि होइन, सत्तामा पुगेकाहरुलाई कमाई खाने भाडो बनेको छ।

राजनीति एउटा पेसा जस्तो भएको छ। हाम्रो जस्तो विकासशील मुलुकका गाउँहरु आज सुरक्षित छैनन् । कोरोना महामारी छ । बस्ने बास र खाने गासको अभाव छ । प्राकृति विपत्तिले त्रासै त्रास छ । कतै बाढी पहिरोले बगाएको छ त कतै बस्तीहरु डुबानमा पारेको छ।

सरकारलाई आफ्नो सत्ता जोगाउनमा ठिक्क छ । अब थोरै हाम्रो स्थानीय तहको सरकारका कुरा जोडौ, जहाँ बेला बिरोध भैरहेको छ। चार बर्ष बित्दा पनि न केही उन्नति प्रगति भएको छ, न विकासले गति लिएको यस्तो कुरागर्दा कतिपय अन्धभक्तहरुलाई बिरोध गरेको जस्तो लाग्छ ।

त्यसैले राजनीति खिचातानी छोडौं, हामी नेपाली हौं र हाम्रो पार्टी नेपाल हो र हामी समग्र देशकै कार्यकर्ता हौं भन्ने भावना बोकौ अनि मात्र देश बन्छ । हामी युवाहरु राजनितीकर्मी र राजनितीक दलको झिनो स्वार्थका कारण आफ्नो पेशा, आचरण र सामाजिक प्रतिष्ठा भुलेर (तपाई, मपाई, तँ मूला) म ठूलाू जस्ता कार्यमा सहभागी हुन थाल्यौ भने सम्झनुस दिन ढल्कने निश्चित छ । राजनीतिक चेतना अनिवार्य तथा अपरिहार्य छ तर पेशाकै रुपमा राजनीतिलाई अंगालेको राम्रो मानिन्छ । हामीले हाम्रो कामलाई इमान्दारीताका साथ निर्वाह गरौं देश तब बन्छ ।

त्यसैले पार्टीको अन्धभक्त भइ मेरो यो पाटी, तेरो त्यो पाटी भन्ने भावना मनदेखि नै हटाऔं र देशप्रेमी बनौं । सकारात्मक बिचारधारा बोकेर काम गर्नेहरुलाई प्रोत्साहन गरौं । नकारात्मक बिचारधारा बोकेका सामाजिक हितबिपरितका कार्य गर्नहरुको बिरोध गरौं ।

Facebook Comments