• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती साहित्य परिषदमा लकडाउनमा पनि धमाधम साहित्यिक कार्यक्रम




परिषद् दाङ शाखाले भर्चुअल (जुम) मार्फत सप्तरङ्गी अक्षरयात्रा -२०७८ काे पाँचौं कार्यक्रम अन्तर्गत परिषद् संवाद कार्यक्रममा विभिन्न विषयवस्तुमा संवाद गर्दै कार्यक्रम सम्पन्न गरिएकाे हाे ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष एवं वरिष्ठ साहित्यकार, पत्रकार नारायणप्रसाद शर्माकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे छ भने बिशिस्ट अतिथि, वक्ता राप्ती साहित्य परिषद्का पुर्व अध्यक्ष वरिष्ठ कवि, समालोचक डा अमर गिरीले साहित्य र राजनीतिकाे सम्वन्धका बारेमा संवाद गर्नु भएकाे थियाे ।

त्यसै गरि अतिथि, वक्ता राप्ती साहित्य परिषद्का वरिष्ठ केन्द्रीय उपाध्यक्ष वरिष्ठ साहित्यकार, समालोचक टिकाराम उदासीले राप्तीका साहित्य संस्थाहरूकाे गतिविधि र अर्का अतिथि, बक्ता, राप्ती साहित्य परिषद्का केन्द्रीय सदस्य विश्व कृतिमानी वरिष्ठ संगीतकार सन्ताेष श्रेष्ठले राप्तीमा गीत, संगीतकाे वर्तमान अवस्थाका बारेमा संवाद गर्नु भएकाे थियाे ।

कार्यक्रममा देशका विभिन्न जिल्ला तथा अन्तर्राष्ट्रिय रूपमा समेत सहभागीता रहेकाे थियाे । जुम मार्फत सञ्चालन गरिएकाे कार्यक्रममा वरिष्ठ साहित्यकारहरू डा अमर शाह, मनाेहर लामिछाने, डा. कृष्णराज डि सी, रमेश क्षितिज, पदमप्रसाद शर्मा, नारायण नेपाल, केशव थापा, कमलमणि देबकाेटा, डा पुर्ण भण्डारी पंकज, डा लाेकराज पराजुली, शान्ति शर्मा, खेमराज शर्मा, नगेन्द्र गुरु, केशवराज देबकाेटा, रमेश सुवेदी, हरी पाेख्रेल, भीम कुमाखी, डा प्रेम योगी, डा डण्ढी अधिकारी, डिल्लीराज श्रीधर, निमबहादुर थापा, जागेश्वर शर्मा घिमिरेले, पुर्ण वली, मित्रलाल पार्दे(पोल्यान्डबाट ) जाेडिनु भएकाे थियाे ।

कार्यक्रममा साहित्यकारहरू/ पत्रकारहरू लक्ष्मी अाचार्य, शारदा शर्मा, मनलाल ओलि, बिमला खनाल, प्रबिन भण्डारी, प्रबल बिष्ट, सिमा पुरी, हेमप्रभास अबिर, सिर्जना शर्मा, सन्धा रेग्मीले, ऋषि शर्मा सुदामा, यम रेग्मी, मुकुन्दप्रसाद रन्जितकार, निशान्त अाचार्य, टंकबहादुर अार सी अन्नत, रेशम विसी, प्रेमबहादुर चलाउने, खड्ग विवर्श विसी, नारदप्रसाद भण्डारी, माधव खनाल, गुरूप्रसाद कुमाल बुलबुल, बिमला डाँगी विकलता, धुव गिरी, दिपक सुवेदी, प्रतीक संग्रामी, शुशिला अाचार्य, लिलप्रसाद चौधरी, रमण शर्मा, अनिता भुषाल, विक्रम वली, सिद्ध समर्पण, मनाेज पीडित, रन्जना चन्द, सफलता श्रेष्ठ, अनुभूति बुढा लगायत अन्य साहित्यकारहरूकाे उपस्थिति रहेकाे थियाे ।

परिषद् संवाद कार्यक्रममा परिषद् दाङ शाखाका उपाध्यक्ष शारदा शर्माकाे स्वागत मन्तव्यबाट कार्यक्रमकाे शुभारम्भ गर्नुका साथै परिषद् संवादकाे सहजिकरण गजलकार, गीतकार अादिम केसीले गर्नु भयाे, भने कार्यक्रमको सञ्चालन सचिव प्रकाश केसीले गर्नु भएको थियो ।

Facebook Comments