श्रवण कुमार यादव
मानिसको पहिलो रोजाइमा पर्ने सडक पूर्वाधार हो । पछिल्लो समयमा बाटो खन्ने तथा विस्तार गर्ने कामहरु पनि तीब्र गतिमा चलिरहेका छन् । पछिल्लो समयमा गाउँ–गाउँ, घर–घरमा मोटर बोटो पुगेका सजिलै देख्न सकिन्छ । स्थानीय सरकार गठनसँगै सबैभन्दा बढी बाटो खन्ने कामलाई नै प्राथमिकताका साथ अगाडि बढाइएको छ ।
तर, अधिकांश ठाउँहरुमा सडक विस्तारका कामहरु भएतापनि सडकखण्डहरु दिनानुदिन जीर्ण बन्दै गइरहेका छन् । सडक मापदण्द नपु¥याई बाटो खन्ने तथा सडक विस्तार पश्चात त्यसको नियमन तथा नियन्त्रण गर्ने सम्बन्धित निकायहरुले बेवास्ताले गर्दा सडकखण्डहरु बिग्रिदै गएका हुन् । यसो हुनुमा राज्यको फितलो नीति र नियमको उपज नै हो । त्यसैको गतिलो उदाहरण पात्रको रुपमा रहेको छ, सहिदमार्ग घोराही–होलेरी सडकखण्ड ।
सहिदमार्ग घोराही–होलेरी, होलेरी–थबाङसम्म जोड्ने १ सय ३८ किलोमिटर मोटरबाटो बिजोक अवस्थामा रहेको छ । सहिदमार्गको नाममा राज्यबाट वर्षेनी करोडौं रकम विनियोजन भएतापनि सडकको मर्मत, सम्भार तथा स्तरोन्नती नहुँदा मार्ग हरिबिजोक अवस्थामा पुगेको छ । घोराहीदेखि थवाङसम्म जोड्ने मोटरबाटोलाई सहिदको नामबाट नामाक्ररण गरिएको छ । जसरी सहिदका सपनाहरु हराउँदै छन्, त्यसैगरी नै सहिदमार्ग पनि हराउदै जान थालेको देखिन्छ । सहिदले देखेका सपना पुरा गर्ने अठोट र प्रतिबद्धता जनाएका कमरेडहरु पनि यतिबेला आफै हराउन थालेका छन् । ती हिजोका कमरेडहरुले सहिदका नामबाट सहिदमार्गको संघा दिएपनि मार्गले झनै सहिदहरुलाई गिज्याइरहेको छ ।
कमरेडहरु मार्गको हालत देख्न र सुन्न नपरोस भनेर कतै अनेत्र गएर बसेका छन् । ती सहिदको नाममा वर्षेणी करोडौ रकम विनियोजन पनि गरिन्छ, तर मार्गको हालतभने दिनप्रतिदिन जोखिम हुदै गएको छ । वर्षात शुरु भयो । यो वर्ष मनसुन सक्रिय भएसँगै घोराही–होलेरी सडकखण्डका बीच–बीचमा सिचाईका नाला र माछा पाल्ने पोखरी जस्ता तालहरु ठाउँ–ठाउँमा सहजै देखिन्छन् । कालोपत्रे बाटो अतिबेला नयाँ सडक निर्माण जस्तै बनेको छ । जताततै हिलाम्मे अवस्थामा छ । जताततै खाल्डाखुल्डा छ । कतै छियाछिया तथा धुजाधुजा भएको छ । कतै बीच सडकमा नै नालाको रुपमा पानी बगिरहेको छ भने केही बाटोका बीचबिचमा माछा पाल्नका लागि बनाइएका तलाउ जस्तै बनेको देखिन्छ ।
सहिदमार्ग अन्तर्गत पर्ने घोराहीदेखि होलेरीसम्म जोड्ने ३१.५ किलोमिटर मोटरबाटो कालोपत्रे भएको करिब दुई वर्षमै जिर्ण भएको स्थानीयबासीहरुले बताएका छन् ।
हेवी लोडका टिप्परहरुले उप्किएको कालोपत्रे दिनदिन झनै छियाछिया बन्दै गइरहेको र उक्त सडकखण्डमा भगवानसँग प्रार्थना गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीयबासीहरुले बताएका हुन् । टिप्परकै कारणले उप्किएको कालोपत्रे मोटरबाटो कच्ची सरह भएको र सो सडकखण्ड मर्मत सम्भार नहुँदा बाटो नै नदेखिने धुलो, खाल्डाखुल्डी तथा चिराचिराहरु भएको सडकखण्ड वर्षातमा हिलाम्मे र हिउँदमा धुँलाम्मेसहितको कष्टपूर्ण जोखिम यात्रा गर्नुपर्ने स्थानीयबासीहरुको भनाई छ ।
सहिदमार्ग सुधार संघर्ष समितिका संयोजक नन्दराम खड्काले टिप्परकै कराण सहिदमार्ग जिर्ण अवस्थामा पुगेको हुनाले तत्काल खाराहुँदै हापुरको औद्योगिक मार्ग प्रयोग गर्ने सहमति भएतापनि औद्योगिक मार्गलाई विस्तार तथा निर्माण गर्न कठिनाई भएको र सो मार्ग बनाउँनका लागि सम्बन्धी निकायहरुले काठमाण्डांैमा ध्यानाकर्षण पत्र बुझाउने सहमति भएको बताए । तर, त्यो गृहकार्य अहिले सम्भव नभएको र टिप्परका कारण सहिद मार्ग अन्तर्गत घोराही–होलेरी सडकखण्ड अत्यन्तै नाजुक अवस्थामा पुगेको हुँदा तत्काल ग्राभेलन गर्ने सहमति भएको पनि उनले बताए ।
ग्राभेलका लागि सिमेन्ट उद्योगले कच्चा पदार्थ उपलब्ध गराउने र निर्माण व्यवसायीले ठेकेदार)ले बाटो ग्राभेलका गर्नका लागि अवश्यक पर्ने मेसिन तथा औजारहरु उपलब्ध गराउने सहमति भएको उनको भनाई छ । सहिदमार्ग अन्र्तगत घोराही–होलेरी सडकखण्डमा उप्किएको कालोपत्रेलाई तत्काल ग्राभेल गर्न तथा २÷४ बाटो ग्राभेल नभए टिप्परहरु बन्द गर्ने भनि जिल्ला प्रशासन कार्यालय दाङमा ध्यानाकर्षण पत्र बुझाएको र ग्राभेलका लागि टिप्परहरुले आवश्यक कच्चा पदार्थ बोकिरहेको पनि संयोजक खड्काले बताए ।
रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले सहिदमार्ग अन्तर्गत पर्ने घोराही–होलेरी सडकखण्ड निकै जोखिमपूर्ण रहेका बताए । दैनिक रुपमा हिड्ने हेवी लोडका टिप्परका कारण दिनप्रतिदिन झनझनै बाटोको अवस्था डरलाग्दो अवस्थामा पुगेको उनले बताए । बाटोको मर्मत तथा सम्भारको लागि सडक सम्बन्धितका निकायहरु, ठेकेदार र सहिदमार्ग प्रमुखलाई बारम्बार अनुरोध गरेतापनि उनीहरुले वेवास्ता गरेको पनि उनले बताए ।
सहिद मार्गका प्रमुख विष्णु पाण्डेले दैनिक रुपमा गुड्ने टिप्परहरुका कारणले घोराही–होलेरी सडकखण्ड जीर्ण हुँदै गएको बताए । सहिद मार्गमा पर्ने सडकको क्षमता १० टनसम्ममात्र भएको र सो सडकमा दैनिक हिड्ने हेवीलोडका टिप्परहरुले गर्दा सडक अवस्था जटिल बन्दै गएको उनले बताए । सडक मर्मत तथा सम्भारका लागि सिमेन्ट कम्पनीले गट्टी उपलब्ध गराउने र निर्माण व्यवसायीले मेसिन उपलब्ध गराई ग्राभेलको काम सुरु गर्ने सहमति भएको र अवको हप्ता दिन भित्र बाटोलाई ग्राभेल गरी सहज बनाउने समेत उनको भनाई छ ।
वर्षातको समय भएको हुँदा बाटोमा पहिरो हटाउन, नाला काट्न र बाटो मर्मत गर्नका सिमेन्ट उद्योगबाट एउटा मेसिन र निर्माण व्यवसायीबाट एउटा मेसिन गरी दुई वटा मेसिन तयारी अवस्थामा राखिएको पनि प्रमुख पाण्डेले बताए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।