• २८ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बिपन्नको घर बनाउन जुट्यो विप्लव नेकपा




हेमन्त वली – नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाको शान्तिनगर गाउपालिका-३ अधेरे निवासी अल्पसंख्यक , अति विपन्न दल वहादुर कुमाल परिवारको घर निर्माण कार्य सुरु गरेको छ।
आज एक कार्यक्रमका विच घर निर्माण कार्यको शिलान्यास गरिएको हो।

घर निर्माण शिलान्यास गर्दै कार्यक्रममा प्रमुख अतिथी तथा नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी प्रदिपले पार्टी श्रम र समय संग एकाकार बनेर अगाढी बढेको जिकिर गर्नुभयो।जनप्रतिनिधिले आफ्नो अनुकुलतामा विकास बजेट छुट्याउने र उनिहरुबाट कमिसन खाने,भ्रष्टाचार गर्ने गरेको उहाको स्पष्टोक्ती थियो। घर निर्माणको बिसयमा उहाले भन्नुभयो,”अहिले हामी साना टहरा बनाउछौ,भोलि हामी समृद्ध टहरा बनाउछौ”।उहाले बिभिन्न उधोगी व्यवसायीहरुको सहयोग,नेता-कार्यकर्ता,गाउटोल,समाजको श्रमशक्तिबाट घर निर्माण सम्पन्न गरिने बताउनुभयो।एक फरक प्रसंगमा उहाले सरकारमा जाने,केपि संग एकता गर्ने,संसदिय चुनावमा भाग लिने जस्ता भ्रम छर्नेहरु संग सतर्क रहन र कडा प्रतिवाद गर्न आग्रह गर्नुभयो।उहाले भन्नुभयो,”संसदीय व्यवस्थालाई धुलोपिठो पारेर त्यसको चिहानमा बैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना बाहेक हामी संग अर्को कुनै सोच छैन”।

कार्यक्रममा मन्तव्य राख्दै युवा संगठन नेपालका केन्द्रिय सदस्य बिरेन्द्रले संगठनका नेता-कार्यकर्ताहरु निरन्तर जनताको सारथी बनेर जनश्रममा जोडिएको बताउनुभयो।उहाले भन्नुभयो,”हामिले सुनेका छौ स्थानीय युवा र वासिन्दाले पटक पटक वडा कार्यालय र स्थानीय नेताहरुलाइ घर बनाइदिन अनुरोध गर्दा पनि वेवास्ता भएको छ त्यसैले हाम्रो पार्टी संगठनले पहलकदमी लिएको छ”।स्थानिय युवा हरिसचन्द्र राणाको नेतृत्वमा स्थानिय युवाहरु श्रममा जोडिएको बिरेन्द्रले बताउनुभयो।

घर निर्माण अभियानमा नेकपा निकट गणतान्त्रिक खेलकुद महासंघ दाङ जिल्ला अध्यक्ष क.विवेकले रु. ५००० हजार,तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ निवासी व्यवसायी तथा समाजसेवी डिल्ली वहादुर केसिले रु.८००० नगद सहयोग प्रदान गरेका थिए।

नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कमिटी सदस्य मनोजले संचालन गरेको कार्यक्रमको अध्यक्षता पार्टीका शान्तिनगर-दंगिशरण गाउपालिका इन्चार्ज निर्मलले गर्नुभएको थियो।

Facebook Comments