निर्वाचन आयोगले स्थानीय तहका १४ जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ ।
माओवादी केन्द्र छाडेर एमालेमा लागेकाहरुको पद रिक्त भएको हो । यसअघि निर्वाचन आयोगले पद रिक्त भएको सूचना सार्वजनिक गरेको थिएन ।
केही दिनअघि मात्रै माओवादी केन्द्रले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएर पुनः अनुरोध गरेपछि पद रिक्तको सूचना सार्वजनिक गरिएको हो ।
पद गुमाउने जनप्रतिनिधि अधिकांश रौतहटका छन्, उनीहरु प्रभु शाह मानिन्छन् ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।