• २८ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढीमा नीति तथा कार्यक्रम सँगै, ५७ करोड ९० लाख बजेट




रुन्टीगढी गाउँपालिकाको नवौ गाउँसभा सम्पन्न भएको छ । रुन्टीगढी गाउँपालिकाको आव २०७८÷०७९ को नीति कार्यक्रम तथा वजेट सम्बन्धी नबौ गाउँसभा बिहिबार होलेरी रोल्पामा एक कार्यक्रमको बीच सम्पन्न भएको हो ।

पालिकाका अध्यक्ष बालाराम बुढाले “कृषि पर्यटन र पूर्वाधार, रुन्टीगढी समृद्धिको आधार” भन्ने मुल नारालाई अगाडि सार्र्दै नीति तथा कार्यक्रम नबौ सभामा प्रस्तुत गरेका छन् । अध्यक्ष बुढाले आव २०७८÷०७९ का लागि कृषि, पर्यटन र पूर्वाधार लगाएतका कार्यक्रमसँगै शिक्षा, स्वास्थ्य र रोजगारीको विकासलाई मुख्य आधारमा नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका हुन् ।

कृषिमा पालिकालाई आत्मनिर्भर बनाउनका लागि कृषकलाई कृषि अनुदान, सस्तोमा ऋण, कृषिमा उत्पादन तथा बालीमा विमा, किसानलाई प्राविधिक सेवा, पालिकाभित्र भएका बाँझो जग्गालाई खनजोगरी उत्पादन र उत्पादकत्वमा जोड्ने, पर्यटन क्षेत्रलाई संरक्षण, व्यवस्थापन र सम्बद्र्धन गर्ने, कला, सस्कार, संस्कृतिलाई संरक्षण , व्यवस्थापनसँगै प्रवद्र्धनका लागि मेला महोत्सवमा प्रस्तुत गर्ने, एक वडा एक उत्पादनमा जोड, शिक्षा, स्वास्थ्यमा, खानेपानी, सडकपूर्वाधार, विजुली, संचार, सामाजिक सुरक्षा भत्ता, वन संरक्षण तथा व्यवस्थापन, लगाएतका थुप्रै विकास तथा लक्षित वर्ग, आयआर्जनमूलक कार्यक्रमहरु नीतिमा समावेश भएका छन् ।

त्यसैगरी सभामा पालिकाका उपाध्यक्ष छमाया पुनले आर्थिक वर्ष २०७८÷०७९ का लागि ५७ करोड ९० लाख बजेट प्रस्तुत गरेकी छन् । जसमा विनियोजित बजेटको चालुतर्फ प्रशासनिक तथा चालु खर्चमा १२ करोड ५७ लाख २७ हजार ८ सय ५६ , सामाजिक सुरक्षा भत्तामा ६ करोड ७५ लाखलगताए गरी कुल ५७ करोड ९० लाखको व्यय सभामा प्रस्तुत गरिएको हो ।

यस्तै सभामा वडास्तरिय योजना तथा कार्यक्रमका लागि वडाहरुमा ७ करोड ५ लाख बजेट विनियोजन गरिएको छ । जसमा पालिका भित्र पर्ने ९ वटैवडाहरुमा क्रमशः १ नं. वडामा ९० लाख, २ नं. वडामा ६२ लाख ५० हजार, ३ नं. वडामा ७० लाख, ४ नं. वडामा ६२ लाख ५० हजार, ५ नं. वडामा ९५ लाख, ६ नं. वडामा १ करोड, ७ नं. वडामा ७० लाख, ८ नं. वडामा ७० र ९ नं.वडामा ८० लाख विनियोजन गरिएको बजेट सभामा प्रस्तुत भएको हो ।

Facebook Comments