रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि झण्डै ८० करोड बजेट बिनियोजन गरेको छ ।
आज नगर उप–प्रमुख प्रेमकुमारी सुनारले नगर सभामा ७९ करोड ५७ लाख ५७ हजार बराबरको बजेट पेश गर्नुभएको हो । कुल विनियोजित बजेट मध्य चालु तर्फ ४६ करोड ८७ लाख ७२ हजार रहेको छ । जुन कुल बजेटको ५८.९० प्रतिशत हो ।
त्यस्तै पुँजीगत तर्फ ३२ करोड ६९ लाख ८५ हजार रहेको छ । पुँजीगत बजेट कुल बजेटको ४१.१० प्रतिशत हो । नगरपालिकाले विभिन्न स्रोतलाई आधार मानेर बजेट ल्याएको छ । कुल बजेट मध्य संघीय वित्तिय सामानिकरण अनुदान १२ करोड ३५ लाख, संघीय सर्शत अनुदान ४० करोड ७२ लाख २५ हजार, संघीय राजश्व बाँडफाँड ८ करोड ८५ लाख र संघीय समपुरक अनुदान १ करोड ३८ लाख रहेको छ ।
त्यस्तै प्रदेश समानिकरण अनुदान १ करोड ३३ लाख ४४ हजार, प्रदेश राजश्व वाँडफाँड ९ लाख २० हजार, प्रदेश विशेष अनुदान ७५ लाख, प्रदेश समपुरक अनुदान २ करोड ५ लाख, प्रदेश सर्शत अनुदान ३ करोड ६७ लाख ७० हजार, नगरपालिकाको आन्तरिक आय ३ करोड समेतलाई समेटेर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको छ । त्यस्तै चालु आर्थिक वर्ष २०७७/०७८ मा खर्च नभई मौज्दात रहने ३ करोड बजेट पनि आगामी आर्थिक वर्षमा खर्च गर्ने भएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।