• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
छुवाछुत हटाउन कर्णालीका सबै वडामा सामाजिक सांस्कृतिक रुपान्तरण अभियान




कर्णाली प्रदेश सरकारले सबै वडामा छुवाछुत हटाउन सामाजिक सांस्कृतिक रुपान्तरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आगामी बर्षको बजेटमार्फत कर्णाली प्रदेश सरकारले ‘विभेदरहित एवं छुवाछुत मुक्त समाज निर्माणका लागि स्थानीय तहको साझेदारी रहनेगरी वडा अध्यक्षको नेतृत्वमा सामाजिक सांस्कृतिक रुपान्तरण कार्यक्रम सञ्चालन गर्ने’ घोषणा गरेको हो । साथै छुवाछुत तथा विभेदरहित समाज निर्माणमा उल्लेख्य योगदान गर्ने स्थानीय तहलाई निश्चित मापदण्डका आधारमा थप अनुदानको व्यवस्था पनि गरिएको आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले जानकारी दिनुभयो ।
सामाजिक सांस्कृतिक क्षेत्रमा कर्णालीका अन्य कार्यक्रम यस्ता छन्ः

–समाजमा रहेको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रको विभेद अन्त्य गरी कमजोर एवं विपन्न वर्ग र समुदायको सामाजिक संरक्षण र सशक्तिकरणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने ।

–महिला वर्गको उत्थान, सशक्तिकरण र समग्र विकास तथा बालिकाहरुमाथिको लैङ्गिक विभेद अन्त्य गर्न, सामाजिक कुसंस्कारको रुपमा रहेको वालविवाह रोक्न र बालिकाहरुको कम्तिमा स्नातक तहसम्मको पढाई सुनिश्चित गर्न बैंक खाता छोरीकोः सुरक्षा जीवन भरीको कार्यक्रमलाई निरन्तरता दिई प्रदेशभित्रका प्रतिफलयुक्त ठूला आयोजनामा उक्त रकम शेयर लगानीको रुपमा जम्मा गर्ने नीति अंगीकार गर्ने ।
–जेष्ठ नागरिक, दलित, वादी, विपन्न, राउटे, राजी, माझी, मुक्त हलिया, एकल महिला, अपाङ्ता भएका व्यक्तिहरु, यौनिक अल्पसङ्ख्यक, विस्थापित, परिवारबाट विस्थापित नागरिक, असक्त, एचआइभि संक्रमित भएका व्यक्ति लगायतका वर्गको संरक्षण, आय वृद्धि र जिविकोपार्जनका लागि मुख्यमन्त्री जिविकोपार्जन कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था ।

–समाजमा आर्थिक तथा सामाजिक रुपमा पछि परेका दलित समुदायको आर्थिक तथा सामाजिक विकास तथा सशक्तिकरण गर्न कानूनी प्रबन्ध गर्नुका साथै मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रम सञ्चालनका लागि बजेटको प्रबन्ध ।

–अझै पनि कतिपय स्थानमा विद्यमान रहेको छाउपडी प्रथा विरुद्ध किशोरीहरुलाई जागरुक बनाइ उनीहरुको क्षमता विकास गर्न र छाउपडी विरुद्ध परिचालन गर्न प्रभावित क्षेत्रका प्रत्येक वडामा किशोरी क्लब निर्माण एवं परिचालन गरी कर्णाली प्रदेशवाट छाउपडीमुक्त अभियान सञ्चालन गर्ने ।

–नेपाल सरकार र स्थानीय तहको समन्वयमा घरबार विहिन सम्पूर्ण बादी र गाईने समुदायलाई घर निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

–शहीद परिवार, वेपत्ता भएकाका परिवार, घाइते, अपाङ्गता भएका व्यक्तिहरु एवं द्वन्द्व प्रभावितको क्षमता विकास तथा जिविकोपार्जनका लागि विभिन्न आयमूलक कार्यक्रमहरु सञ्चालन गर्ने ।

–लोपोन्मुख तथा सीमान्तकृत समुदायको जीवनस्तरमा टेवा पुर्याउने उद्देश्यले लोपोन्मुख तथा सीमान्तकृत समुदायको लागि आय आर्जन कार्यक्रम सञ्चालनको लागि रू ५ करोड विनियोजन गरेको गर्ने ।

–सहयोगापेक्षी सडक मानवमुक्त अभियानमा सहयोग पुर्यागउन सम्बन्धित स्थानीय तह र स्थानीय समुदायसँग समन्वय एवं सहकार्य गर्ने ।

–नेपाली भाषाको उद्गमस्थल सिंजा क्षेत्रको लामो इतिहास, संस्कृति र पुरातात्विक वस्तुहरुको संरक्षण एवं प्रवर्द्धन गरिनेछ । प्रदेशमा रहेका विभिन्न वर्ग, जाति, भाषा, धर्म, संस्कृति, साहित्य र कलाको खोज तथा अनुसन्धान गरी संरक्षणका लागि आवश्यक बजेट ब्यवस्था गरेको छु।

–प्रदेश संग्रहालयको स्तरोन्नति एवं सुधार गरी ऐतिहासिक तथा पुरातात्विक अभिलेख, तथ्य, कलाकृति, संस्कृति तथा कला झल्काउने वस्तुहरुको संरक्षण गरी नयाँ पिंढी माझ परिचित गराउन उचित व्यवस्था मिलाइनेछ । प्रदेशभित्रका अन्य विभिन्न संग्रहालयहरुको पूर्वाधार विकास तथा स्तरीकरणका लागि सम्बन्धित स्थानीय तहसँग साझेदारी गर्ने ।

–प्रदेशभरका विभिन्न स्थानमा रहेका गढी, किल्ला, प्राचिन स्तम्भ, ऐतिहासिक सम्पदा र देवलहरुको उचित संरक्षण गरी अभिलेखिकरण गर्ने र ती स्थानहरुलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने ।

–खस भाषाको संरक्षण, विकास र प्रवर्द्धनका लागि भाषा विज्ञहरुको संलग्नतामा खस भाषाको शब्दकोश सम्पादन गरी सो को प्रमाणिकरण तथा प्रकाशन गर्ने व्यवस्था गर्ने ।

–कला साहित्यको सम्वर्द्धन तथा प्रवर्द्धनमा विशिष्ट योगदान गर्ने श्रष्टाहरुलाई प्रदेश कला गौरवबाट विभूषित गर्ने ।

Facebook Comments